आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका युवाको निधन भएको छ।

उनको आज विहान ११ बजेर २० मिनेटमा निधन भएको उपचारमा स‌ंलग्न डाक्टर पियुष दाहालले थाहाखबरलाई जानकारी दिए।

उनको वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका थिए। तर उनलाई बचाउन नसकिएको दाहालको भनाइ छ।

बिहीबार महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेको भन्दै आफ्नै शरीरमामुगुका २५ वर्षीय गणेश नेपालीले आगो लगाएका थिए।

मुगुको सोरु गाउँपालिका-१ स्थायी घर भएका गणेश दुई वर्षयता काठमाडौँमा बस्दै आएका थिए।  गणेशको परिवार आर्थिक रूपमा विपन्न छ। सोरु-१ का अध्यक्ष धनकर्ण मल्लका अनुसार गणेश केही महिनायता कामको सिलसिलामा काठमाडौँ पुगेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation