सर्लाहीमा पनि युवकले गरे आत्मदाहको प्रयास

सांकेतिक तस्विर

 

२६ असार, सर्लाही
मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणले काठमाडौंमा आन्दोलन चर्किरहँदा सर्लाहीमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । गोडैता नगरपालिका–१०,सिसौटीया बस्ने ३५ वर्षीय विवेक मण्डलले यस्तो प्रयास गरेका हुन् ।

आज दिउँसो पौने ४ बजे गोडैता बजारमा उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । तुरुन्तै उद्धार गरेर मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएकोमा मण्डललाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

पछिल्लो समय उनी घरायसी र मानसिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । एमएससी सकेका उनले कलेज पढाउने गरेकोमा एक वर्षयता अध्यापन कार्यसमेत छोडेको बताइन्छ ।

अस्पतालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) एकराज बुर्लाकोटीको कमाण्डमा ११ जनाको टोली खटिएको छ । पछिल्लो समय उनी घरायसी र मानसिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । एमएससी सकेका उनले कलेज पढाउने गरेकोमा एक वर्षयता अध्यापन कार्यसमेत छोडेको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation