एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, तोडे मेसीको कीर्तिमान

 

३ साउन, काठमाडौं

फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।

एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेका छन् । एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका हुन् । यसअघि उक्त कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो । उनले २१ गोल गरेका थिए ।

जारी विश्वकपमा पनि मेसीलाई पछि पार्दै एमबाप्पे सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले जारी विश्वकपमा १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation