३ साउन, काठमाडौं
जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् ।
स्थानीयका अनुसार उनले आज बिहान सवा तीन बजे सतुवा नामको जडिबुटी खाएका थिए । लगत्तै उनी बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

















