बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार बिहान गल्कोटदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप जिप दुर्घटना भएको हो ।
दुर्घटनामा दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डीएसपी मदन केसीले जनाकारी दिए ।
मध्यपहाडी लोकमार्गअन्तर्गतको सडकदेखि जिप ५ सय मिटर तल खसेको छ । प्रहरीको टोली घटनास्थल जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको डीएसपी केसीले जनाए