मधुसुदन पाेख्रेल,प्युठान। पछिल्लो समय प्युठानमा सरकारी गाडीको दुरुपयोग हुन थालेको छ । सरकारी कामकाज बाहेक व्यक्तिगत प्रयोजनका लागि समेत सरकारी गाडी प्रयोग हुन थालेका हुन ।
मंगलबार बिहान प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित जिल्ला खेलकुद विकास समितिको कर्वडहल अगाडीबाट युवासंगठनको नेतृत्वले नियन्त्रणमा लिएको हो । लामो समयदेखि कवर्डहलमा ब्याडमेन्टिन खेल्न जादा सरकारी कर्मचारी मोटरसाइकल दुरुपयोग गरिरहेको पाईएकाले रोक्नको लागि मोटरसाइकल नियन्त्रणमा लिएको युवा संगठनका केन्द्रीय सदस्य विरबल ‘सि’ ले बताए ।
लु १ ब २५६७ र लु १ ब २५६८ र लु १ ब २्०४९ नम्मरका मोटरसाइकलहरु ईलाका प्रहरी कार्यालयलाई बुझाएको विरबलको भनाई छ ।
ईलाका बन कार्यलयको १ वटा र जनस्वास्थ्य कार्यालयको दुई वटा मोटर साईकल नियन्त्रणमा लिईएको विजुवार ईलाका ट्राफिक प्रमुख प्रकाश के एम ले बताए ।