Pranmancha

Advertisment

SKIP THIS

सिम्रिक एयरको उडानमा प्राधिकरणले लगायो रोक, चार वटै हेलिकप्टर ग्राउण्डेड

कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ,’ उनले भने, ‘सोहीकारण प्राधिकरणले सिम्रिकका चार वटै हेलिकप्टर उडानमा रोक लगाएको छ ।’

सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने प्राधिकणको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र २७ लाख ९३ हजार रुपैयाँ वक्यौता रहेको पाइएको छ । लुक्लामा १५ लाख ७२ हजार ९६५ रुपैयाँ बक्यौता रहेको देखिएको छ । ताप्लेजुङ विमानस्थलमा ४ लाख ३७ हजार र सिमिकोट विमानस्थलमा १ लाख ५८ हजार वक्यौता रहेको देखिएको छ । (onlinekhabar)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation