Pranmancha

Advertisment

SKIP THIS

दसैँका लागि तेईस करोडको च्याङ्ग्रा निकासी

सोमबार ०६ कार्तिक, म्यादी मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  तेइस करोड मूल्य बराबरकोे च्याङ्ग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५  च्याङ्ग्रा निकासी भएको जानकारी दिनुभयो । “जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङ्ग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,” उहाँले भन्नुुभयो “कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा रु. तेइस करोड दुई लाख मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ ।”

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्ग्रा निकासी भएको उहाँले बताउनुभयो । गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङ्ग्रा निकासी भएको थियो ।

प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेवापत पशुु चिकित्सकलाई रु. १५ तिर्नुुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङ्ग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।

कृषकले प्रतिगोटा रु. ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको छोसेरका कृषक आङगेल गुुरुङले बताउनुुभयो । तीनदेखि चार वर्ष उमेरका च्याङग्रा मासुुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुुभव छ । दशैँ तिहारमा च्याङ्ग्राको मासुुको खपत बढी हुुने गर्छ ।

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । पैसठ्ठी  ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५०  सम्म घरघरमा च्याङग्रा पालेका छन् । हिमचितुुवा, ब्वाँसो र जङ्गली कुुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङ्ग्राको रु. २५ हजार थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयात नभएकाले मुुस्ताङको च्याङ्ग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताउनुुभयो । वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation