पैसा बिना ६८ जिल्ला घुमेका रुकुम पश्चिमका सुशील प्यूठानमा

मंसिर १९,प्यूठान।पैसा बिना ६८ जिल्ला घुमेका रुकुम पश्चिमका सुशील योगी मंगलबार प्यूठान यात्रामा आएका छन्।
स्वर्गद्वारी घुमेर आएका योगी मंगलबार साँझ जुम्रीमा भेटीएका हुन्।योगीले जेठ महिनाको १६ गतेदेखि यात्रा शुरु गरेको र हालसम्म ६८  जिल्ला पैसा बिना घुमिसकेको बताए।
कुनै खर्च नगरी नेपालका ७७ वटै जिल्ला घुम्ने योजना बनाएका योगी आफू प्रकृतीप्रेमी भएकाले  पर्यटन प्रबर्द्धनका निम्ति यात्रामा हिडिरहेको बताउँछन।
१९ वर्षे युवा सुशील योगी भोलि अर्घाखाँचीको यात्रामा रहने बताएका छन।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation