संविधानसभा सदस्य सुनुवारको निधन

१५ पुस, मन्थली : संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ।

रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य सुनुवारको सनिवार दिउँसो ३ बजे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका जिल्ला अध्यक्ष भरत बाइबाले जानकारी दिए। सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि हुन्।

लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहनु भएकी सुनुवारलाई केही समयदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो।

सुनुवारको पार्थिव शरीर आइतबार १० बजेदेखि श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम तय भएको पारिवारिक स्रोतले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले आज एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय सुनुवारको निधनले सिङ्गो पार्टी र जिल्लालाई क्षति पुगेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation