बालविवाहको सूचना दिनेलाई गाउँपालिकाले २५ हजार दिने

पुष १६ प्यूठान।प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने भएको छ। गाउँपालिकाको आईतवार बसेको १४औं गाउँसभाले बालविवाह न्यूनिकरणका लागी बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कार दिने निर्णय गरेको हो ।

सोमबार भएको गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनिकरणका लागी विशेष कार्यक्रम सहित अग्रसर रहने  कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनुभयो।गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्याधिक देखिएपछि त्यसको रोकथामका लागी बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष शाहले बताउनु भयो

“बालविवाह भएको, हुदै गरेको वा हुने जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिईने छ,”अध्यक्ष शाहले भन्नुभयो,”यसले बालविवाह न्यूनिकरणमा सहयोग गर्ने देखिन्छ ।” बालविवाह सम्वन्धी सुचना दिनेको नाम गोप्य  राखिने अध्यक्ष शाहले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation