तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै

फ्रान्सका लागि नेपाली राजदूत एवं युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वर्ल्ड  हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्ताबेज गरेका हुन्।

तिलौराकोट सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया शुरु भएको थियो ।

युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजना अन्तर्गत बेलायतको दुर्हाम विश्वविद्यालयका प्रोफेसर रबिन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाण जुटाएको थियो ।

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधार अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञले रणनीतिक दस्ताबेजमा सामेल गरिसकेको छ। युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो।

-था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation