शैक्षिक रुपान्तरणको अनिवार्यता- चिन्तामणी घिमिरे

अहिले हाम्रो देशमा जून शिक्षा प्रणाली लागू  भैरहेको छ ,त्यो जनपक्षीय ,व्यवहारिक र वैज्ञानिक छैन् । हामीले आर्जन गरेको शिक्षा र हाम्रा नानीबाबुहरुले अध्ययन गरिरहेको शिक्षामा दार्शनिक रुपले कुनै भिन्नता छैन । रूपमा केही तलमाथि, वरपर होला तर सारमा केही फरक देखिदैन । दक्ष र  सीपयुक्त ज्ञान भएको जनशक्ति उत्पादन भन्दापनि साक्षर व्यक्ति र बेरोजगारहरुको फौज उत्पादन गर्ने कारखाना बनेका छन                                                                            धेरै परको कुरा नगरौ ,२०६२÷०६३ सालको जनआन्दोलन पछि देशमा काङ्ग्रेस र कम्युनिस्ट नामका पार्टी र तिनका नेताका नेतृत्वमा सरकारहरु बने । तर तिनीहरुले कहिलैपनि  जनताका छोराछोरीको बारेमा सोच्दैसोचेनन ।काङ्ग्रेस,एमाले र माओवादी गरि तीन ठुला दल र अन्य साना दल समेत गरि पालैपालो गरि सरकारमा गएर शासन चलाए तर गरिबका छोराछोरीले पनि सस्तो र निशुल्क रुपमा उच्च तहसम्म शिक्षा आर्जन गर्न पाउनुपर्छ भनेर एक शब्द पनि उच्चारण गरेनन् । अहिले शिक्षा र स्वास्थ्यमा माफियाहरुको वर्चस्व छ । काठमाडौं र देशका अन्य ठुला सहरहरूमा माफियाहरुले शिक्षा र स्वास्थ्यको पसल खोलेर बसेका छन र ती पसलमा ठुला दलका केन्द्रिय नेताहरुको लगानी छ । सरकारमा र सदनमा तिनै नीजी स्कुल र कलेज संचालकहरुको प्रतिनिधित्व रहेकोे छ । सांसद र मन्त्री तिनै माफिया भएपछि तिनले जनताको पक्षमा शिक्षानीति बनाउने कुरै भयन । तिनले त जनताको ढाड सेक्ने  र जनताका छोराछोरीलाई नोकर बनाउने शिक्षानीति बनाउछन । अहिलेसम्म भएकै त्यही हो । जनताको नाममा चुनिएर जाने र जन विरोधी काम गर्ने भैरहेको छ । देशमा जुन परिवर्तन भयर लोकतान्त्रिक गणतन्त्र नामको संसदीय दलाल पूंजीवादी व्यवस्था  स्थापना भयको छ ,यसले हुनेखाने वर्गको स्वार्थको नेतृत्व गर्दछ ।                                                                            प्राथमिक तहदेखि विश्वविद्यालय  सम्मको शिक्षाको पाठ्यक्रम निर्धारण गर्दा नेपालको वस्तुस्थितिको यानेकी आर्थिक, राजनीतिक,सामाजिक, भौगोलिक र साँस्कृतिक पक्षको समग्र अध्ययन नगरिकन दातृ निकायहरूको आड भरोसामा हचुवाको भरमा पाठ्यक्रम निर्माण गर्ने गरिएको पाइन्छ । नेपालीहरुलाइ साक्षर मात्र बनाउने र बौद्धिक हिसाबले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अदक्ष र अर्धदक्ष नागरिक तयार पारि उनीहरूमाथि शासन लाद्ने काम देशीविदेशी प्रतिक्रियावादीहरु र साम्राज्यवादीहरुको रहेको छ । यहाँको बौद्धिक तप्काको एउटा हिस्सा सत्ताको वरिपरि घुम्ने र पारम्परिक सत्ताकै गीत गाएर जीविकोपार्जन गर्ने गरेको पाइन्छ । देश र जनता जतासुकै जाउन आफ्नो स्वार्थ जसरी भएपनि पुरा हुनुप¥यो भन्ने सोंचाइ रहेको देखिन्छ ।                                                                             नेपालका धेरैजसो राजनीतिक दलहरु र तिनका भातृ संगठन विद्यार्थी संगठन लगायत अन्य संगठनहरुले सडकमा नारा लगाउँदा अव्यवहारिक र अवैज्ञानिक शिक्षा खारेज गर व्यवहारिक र वैज्ञानिक शिक्षा लागू गर भन्ने नाराहरु बारम्बार घन्काइरहेको पाइन्छ । विद्यार्थी कालमा स्वयं म आफैले नै कैयौं कार्यक्रमहरुमा यसको बारेमा बोल्ने गरेको छु । धेरैले यो व्यबवहारिक  र वैज्ञानिक शिक्षा प्रणाली भनेको के हो भन्ने बारेमा विद्यार्थी मात्र होइन कि स्वयं शिक्षण पेशा अङ्गालेका शिक्षकहरु पनि प्रष्ट  हुन नसकेको देखिन्छ ।                                                                                शिक्षा श्रम संग जोडिएको हुनुपर्छः अहिलेको शिक्षालाई  भौतिक श्रमसँग जोडिएको छैन । शारीरिक श्रम गर्ने श्रमिकहरु लाई सम्मान गरेको पाइदैन । हलो जोत्ने किसान र कुनै कार्यालयको कर्मचारी संगै छन् भने कर्मचारीले नमस्कार पाउँछ र बस्ने कुर्सी समेत् पाउँछ । अन्नदाता किसानको बारेमा कुनै सोधपुछ हुँदैन ।यदि भइहालेमा कुनै काम थियोे कि भन्ने गरिन्छ । कर्मचारीलाई तातो चिसोको सोधनी हुन्छ । त्यो किसानको बारेमा कुनै कसैले मतलब नै राख्दैन । सरकारले प्रत्येक  वर्ष प्रदान गर्ने निजामती पुरस्कारमा विभिन्न विभाग र क्षेत्रका निजामती कर्मचारीहरुलाइ उनीहरुको कामको उच्च मुल्याङ्कन गरि पुरस्कार वितरण गर्ने गर्दछ । तर सफाइ विभागमा काम गर्ने त्यो श्रेणीविहिन कर्मचारीले त्यो निजामती पुरस्कार पाउने ल्याकत राख्दैन । शिक्षामा देखिएको एउटा ठुलो खाडल हो । अहिलेको शिक्षा मानिसको दैनिकीसँग जोडिएको छैन् । हामीले आर्जन गरेको औपचारिक शिक्षा र हाम्रो जीवनशैली बीच ठुलो खाडल छ । हाम्रो दैनिक  व्यवहारसँग मेल खाँदैन । अहिलेको शिक्षा उत्पादनसँग जोडिएको छैन । विद्यार्थीहरुलाई सानैदेखि उत्पादन कार्यमा भाग लिनुपर्छ र स्वावलम्बी र आत्मनिर्भर बन्नुपर्छ भन्ने सिकाइदैन । उनीहरुलाइ जागिर खानुपर्छ र ठुलो मानिस बन्नुपर्छ भन्ने सिकाइन्छ                                   

देशप्रेम र देशभक्तिको भावना जागृत गराउने शिक्षा ः

नयाँ पुस्तालाई देशप्रेम र देशभक्तिको भावना जागृत गराउने पाठ्यसामग्री पाठ्यपुस्तकमा राखिनुपर्छ त्यस्ते शिक्षामा देशको भौगोलिक सीमानाको बारेमा जानकारी गराउने पाठ्यसामग्रीको व्यवस्था हुनुपर्छ । शिक्षाले सहि दृष्टिकोणको निर्माण गर्ने हनुपर्छ । मानिस सहि वा गलत बन्ने कुरा उसको दृष्टिकोणमा भर पर्दछ । उसले बोकेको विचारमा भर पर्दछ । सामाजिक हितका लागि लड्ने शिक्षा हुनुपर्छ । भ्रस्टाचारलाई सामाजिक अपराधको रुपमा स्वीकार गर्ने शिक्षा हुनुपर्छ । मानवीय प्रेम जगाउने शिक्षा लागू हुनुपर्छ । सबै प्रकारका बिभेदहरुको अन्त्य गर्न सघाउ पुग्ने शिक्षा नीति लागू गरिनुपर्छ । रुढीवादी,अन्धविश्वास,कुरीति र कुसंस्कारको अन्त्य गर्ने शिक्षा नीति अपनाइनुपर्छ । अन्य थुप्रै र कैयौं जनपक्षीय र प्रगतिशील कुराहरू समावेश गर्न सकिन्छ । हामीले देखिसक्यौं कि, माथि उल्लेखित कुराहरू पूरा गर्न वर्तमान व्यवस्था र संविधानको घेराभित्र रहेर पूरा हुने स्थिति देखिदैन । यसको लागि त वर्तमान व्यवस्था र संविधानको घेरा बाहिर चल्ने आन्दोलनको बलमा मात्र प्राप्त गर्न सकिने छ । त्यसको लागि आन्दोलनका कैयौ जङ्घारहरु पार गर्नुपर्नेछ । दृढतापुर्बक ,धैर्यतापुर्बक र संयमतापुर्बक आन्दोलनका सबै स्वरुपहरुको प्रयोग गर्दै एकीकृत जनक्रान्ती मार्फत पूरा हुने र स्थापित गरिने बैज्ञानिक समाजवादले मात्र जनताका आधारभुत समस्याहरुको हल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation