भाग्यशाली विद्यार्थी, जहाँ १० जना शिक्षकले ५० विद्यार्थीलाई पढाउँछन्

पार्वती न्यौपाने, दाङ
 
अनि कस्तो सौभाग्य ! यो सुन्दा अचम्म लाग्न सक्छ । तर सत्य कहाँ लुक्छ र ? विद्यार्थीको भिडभाड हुने शहरबजारका कतिपय स्कुलमा एउटै कक्षामा २ सय देखि ३ सय विद्यार्थी हुन्छन् र प्रत्येक एउटा सेक्सनमा साठी सत्तरीको संख्या हुन्छ । यता शान्तीनगर गाउँपालिका ४ जुम्लेकुलाको सरस्वती आधारभुत माविको भने कथा फरक छ । 

यहाँ दिनभर एक शिक्षकले छ जना विद्यार्थीलाई पठनपाठन गराइरहेका छन् । तिन जना स्थायी, एक राहत, अन्य चार र दुई कार्यालय सहयोगी सहित कुल १० जना स्टाफ संख्या रहेको सो विद्यालयमा नियमित पठनपाठनमा सहभागी हुने विद्यार्थीको संख्या ४०÷ ४५ जना छ । शैक्षिक शत्रको सुरुमा कक्षा पाँचसम्म ७४ जना विद्यार्थी भर्ना भएको भए पनि शैक्षिक सत्रको अन्तयसम्म आइपुग्दा ४७ विद्यार्थीले अन्तिम परिक्षामा सहभागी भएको विद्यालयका प्रधानाध्यापक दिनेस वलीले बताए ।

 उनले स्थानीय सरकार आएपछि समग्र विकास सहित शिक्षाको पनि विकासमा कायापलटको अपेक्षा गरिएको भएपनि उनीहरुकै बेवास्ता र गैरजिम्मेवारका कारण तुषारापात भएको बताए । ‘नेपाल सरकारले शिक्षाको समग्र विकासलाई प्राथमिकतामा राखेको छैन, सोहिबमाजिम परिस्कृत नीति कार्यक्रम ल्याएको पनि छैन् । निजी शिक्षाको व्यापारिकरणले हुनेखानेका सबैजसो बालबालिका बोर्डिङ स्कुलमै बरु महंगो शुल्क तिरेर पढाउँछन्, सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक न्युन आय भएको हुने र न्युन आयकै कारण शैक्षिक चेतनास्तर पनि कमजोर भएकोले विद्यालयले प्रगति हाँसिल गर्न सकेको छैन आगामी शैक्षिक सत्र २०७९ मा विशेष अभियान चलाएर विद्यार्थी संख्या बढाउने, पठनपाठनको गुणस्तरमा थप वृद्ध गर्ने र विद्यार्थीलाई परिपक्व बनाउने गरि अगाडि बढीहरेका छौँ । 

सबैको सकारात्मक साथ र सहयोग रह्यो भने सरस्वती स्कुलको मुहार फेर्न सम्भव छ र स्थानीय सरकारले उठाएको मर्जको हाँउगुजिलाई पनि समाप्त पारिने छ  ।’ प्राणमञ्चसँगको कुराकानीमा उनले गत वर्षको भन्दा यसपालि विद्यार्थी संख्या बढेको र शैक्षिक सत्र २०७९ मा घरदैलो सहितको नयाँ अभियान थाल्ने र सबै अभिभावकमा जागरण पैदा गरि विद्यार्थी संख्या बढाउने प्रतिबद्धता पनि जाहेर गरे । अघिल्ला वर्षहरुमा स्थानीय तहका जिम्मेवार प्रतिनिधिहरुले विद्यालयमा विद्यार्थी संख्या कम भएको भन्दै मर्ज गर्ने होहल्ला फिंजाएकोले विद्यार्थी र अभिभावकलाई ढुक्कताको वातावरण नभएको  अभिभावकले गुनासो गरे ।

 मर्जको हल्लासँगसँगै विद्यालय परिसका दुई भवनमा शान्तीनगर गाउँपालीकाले नागरिक आरोग्य सेवा केन्द्र र पतञ्जली योगको स्थापना गरिएकोले विद्यार्थी र अभिभावक मनोवैज्ञानिक त्रास सिर्जना भएको पनि प्रअले बताए । विद्यालय जस्तो पवित्र धरोहरलाई सराकारवाला निकायले उचित ध्यान नदिंदा समस्या उत्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक केसीले बताए । उनले हामीसँगको कुराकानीमा अव विद्यालय समायोजनको बहस नै बन्द भइसकेको र २०७९ बाट नयाँ व्यवस्थापनका साथ पठनपाठनको तयारी गरिने पनि दावी गर्दै सोहिअनुरुप सम्पूर्ण शिक्षकहरु इमानदारीपूर्वक दत्तचित्त भएर शैक्षिक गुणस्तर वृद्धिमा लाग्न अनिवार्य भएको बताए । 

उनले अबको आफ्नो कार्यकालमा विद्यालयलाई भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर दुवैलाई सँगसँगै अगाडि बढाउने र सोहि बमोजिमको कार्यक्रम तय गरिने पनि बताए । स्थानीय तहको बिरोधाभाषपूर्ण कार्यक्रमले नै पछिल्लो दुई तिन वर्ष यता विद्यार्थीे, अभिभावक र शिक्षक अलमलमा परेकोले यो स्थितिको सिर्जना भएको र अव उप्रान्त यसो हुन नदिन सबैसँग एकाकार गरेर विद्यालयको कामलाई तिव्रता दिने प्रतिबद्धता व्यक्त गरे । ४ सय साठी घरधुरी रहेको शान्तिनगर ४ नं वडाको सो विद्यालयमा ५० विद्यार्थी पनि नपुग्नु दुखद भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले बताए । 

अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई बोर्डिङ स्कुलमा पढाउने र नजिकै दुईवटा सामुदायिक मावि स्कुल रहेकाले पनि सो स्कुलमा विद्यार्थी कम भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुमन पाण्डेले बताए । उनले पहिले उक्त स्कुललाई बुद्ध माध्यमिक विद्यालमा समायोजन गरि गाउँपालिकाको कामकाज चलाउने भन्ने ०७६ को निर्णय भएको भएपनि हाल सो योजना स्थगित भएकोले अब विद्यालय समायोजनमा जाने कुरा स्थगित भएको बताए । गत वर्ष सो विद्यालयमा विद्यार्थी भर्ना ७४ भएको भएपनि वार्षिक परिक्षामा उपस्थित ४७ जना छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation