जनमतको उच्च सम्मान गरि नमुना काम गरेर देखाउँछौः विष्णु योगि

प्यूठान,स्थानीय तहको निर्वाचन नजिकिए संगै जिल्लाका विभिन्न स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आ आफ्नै शैली तथा आ आफ्नै भाषामा जनता माझ प्रतिवद्धता गर्दै हिँडेका छन् ।
नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सहितको संयुक्त राजनैतिक गठवन्धनको तर्फवाट प्यूठान नगरपालिकाका मेयर पदका उम्मेद्बार विष्णु योगीले आफुहरु चुनाव जितेर गए पछी जनताको आवश्यक्तालाई सम्वोधन हुने गरी काम गरेर जनताले दिएको मतको सम्मान गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्यूठान नगर क्षेत्रका विभिन्न स्थानहरुमा आयोजित संयुक्त राजनैतिक गठवन्धनको चुनावी कार्यक्रममा प्रतिवद्धता गर्दै उम्मेदवार योगीले विजुवारको सिंहदरवार प्यूठान नगरपालिकामा सुगम तथा दुर दराजका सवै जनताको सम्मान कायम गर्ने बाचा गरेका हुन् ।
नगर क्षेत्रको दुर दराजको गाउँ चाहे विजयनगरको ओखरबोट होस या त जुमृकाँढा,धर्मावतीको विकट वस्ती होस समुदायबाट जाने हरेक समुदायले नगरपालिकामा सम्मान पाउने उम्मेदवार योगीले प्रष्ट्याए । नगर क्षेत्रका हरेक वस्तीलाई सम्मान गर्न उचित योजना बनाई कार्य गरिने समेत उनले बताए । हरेक समुदायको अधिकार स्थापित गर्ने यो सुनौलो अवसर भएको भन्दै उम्मेदवार योगीले आफुहरुको कार्यकालमा जनताले समृद्ध ,समुन्नत ,नमुना तथा सवै अट्न सक्ने पारदर्शी नगरपालिका देख्न सक्नु हुने प्रतिबद्धता गरे । सवै क्षेत्रका समुदायको समस्यालाई दृष्टिगत गरी नगरपालिकाले हरेक वस्तीको योजना निर्माण गरी कार्य गर्ने भन्दै उम्मेदवार योगीले भने “ हामीले बिकासका ठुला कुरा गरेर ,अनावश्यक आश्वासन बाँडेर आकासको तारा खसे झै गर्न जनता माझ आएका छैनौ ,हामी यति भन्दछौ की जनताको मतको सम्मान गर्नेछौ । समृद्ध नगरपालिका बन्न दुर्गम बस्ती पनि सम्बृद्ध बन्नु पर्दछ । हरेक बस्तीका समस्या समाधान गर्न योजना बन्नु पर्दछ सो हामी गर्नेछौ । मूलरुपमा सामुहिकता र सहभागितामा योजना निर्माण गर्नेछौ । नगरपालिकामा साधारण नागरिकको सहज पहुँच पुग्ने व्यवस्था मिलाउने छौ । समुदायवाट जाने हरेक बर्ग समुदायले बिजुवारको सिंहदरवारमा सम्मान पाउनुहुनेछ यो हाम्रो बाचा हो । ” हाम्रो एकताबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation