खाना पकाउने ग्यास चुहावट हुँदा आगलागी

१६ चैत, प्युठान

प्युठानमा ग्यास चुहावट हुँदा एक घरमा आगलागी भएको छ।प्युठान नगरपालिका वाडा नं.- ४ जुम्री अवस्थित कृष्ण बिस्टकाे घरमा आगलागी भएकाे हो।

आगलागीमा मानवीय क्षति नभए पनि घर भाडामा बस्ने पुनम थारु र लक्ष्मण थारुकाे नगद पैसा गरगहना ल्यापटप माेबाईल लत्ताकपडा रासन जलेर पुर्ण रुपमा क्षति भएकाे छ। खाना पकाउने एल पि ग्यास चुहावट  भएर आगलागी भएकाे हुनसक्ने ईलाका प्रहरी कार्यलय बिजुवारले बताएको छ।

दिउसाेकाे समयमा आगलागी हुदा मानवीय क्षति नभएकाे र धनमाल जलेर नष्ट भएकाे प्युठान नगरपालिकाका नगर प्रवक्ता शुमन राज श्रेष्ठले बताए ।

आगाे नेपाल प्रहरी र स्थानीय जनताहरुकाे सहभागीतामा नियन्त्रणमा लिएकाे श्रेष्ठले बताए ।

आगलागिबाट के कति नाेक्सानि भयाे भन्ने बारे पुर्ण बिवरण आउन बाकि रहेकाे प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation