काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेकाे छ ।
शनिबार बिहान ७:१५ मा चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।
साे दुर्घटनामा १ बालिका,२ जना महिला र २ पुरुष गरि ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनाकाे थप विवरण तथा मृतककाे पहिचान भइनसकेकाे प्रहरीले जनाएको छ ।