Pranmancha

Advertisment

SKIP THIS

एमालेका ४ जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बागमती प्रदेश सरकारमा एमालेबाट ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलवार दिउँसो प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेलले वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शपथ लिएका हुन्।

चारैजनालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन्। २०७९ पुस २५ मा गठित सरकारमा पठाएका तीनजना मन्त्री पुरानै अनुहार हुन् भने प्रकाश श्रेष्ठ पहिलोपटक मन्त्री बनेका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले नयाँ सत्ता समीकरणअनुसार बागमतीमा चौथोपटक सरकार विस्तार गरेका हुन्। यसअघि १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री र १७ चैतमा नेकपा एमालेका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए।

आज बिहान मात्रै नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगरले विना विभागीय मन्त्रीको शपथ लिएकी थिइन्। सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डाको विषय भने मिल्न नसक्दा योसँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या १३ पुग्नेछ। प्रदेशमा कायम १२ मन्त्रालयमा एक विभागीय सहित १३ मन्त्री नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation