आज चौथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन्।

यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।

केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो। बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको चौथो पटक हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation