विद्यालयले अब स्थानीय, हिउँदे र बर्षे बिदा नपाउने

सरकारले शैक्षिक संस्थाहरूको लागि दिइने हिउँदे, बर्खे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको छ। सातामा दुई दिन बिदा दिने निर्णय लागू हुने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो। अब शिक्षकहरूले वर्षभरिमा शनिबार र आइतबारबाहेक अधिकतम ३० दिनसम्म बिदा पाउनेछन्।

मन्त्रालयले यस नियमलाई कार्यान्वयन गराउन सम्बन्धित नगरपालिका, सिटिइभिटी र विश्वविद्यालय अनुदान आयोगलाई निर्देशन दिएको छ। विद्यालयका हकमा सम्बन्धित नगरपालिकाले निर्णय गर्नेछन्। त्यस्तै, प्राविधिक शिक्षाको हकमा सिटिइभिटी र विश्वविद्यालयको सम्बन्धमा विश्व विद्यालय अनुदान आयोगले निर्णय गरी कार्यान्वयन गराउन सक्ने मन्त्रालयले जनाएको छ ।
यस्तै, सरकारले जेठबाट शिक्षण संस्थाहरू हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले हप्तामा दुई दिन बिदा दिन थालेपछि शुक्रबार पनि बिहान १० देखि अपराह्न ४ बजेसम्म विद्यालय समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation