मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

१२ बैशाख, दाङ

दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ४३ वर्षिय महेन्द्र गिरि रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

मंगलबार राति दशबजे लमही नगरपालिका वडा नम्बर ७ बनघ्रुसी स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा राेकिराखेको लु १ ख ९५७० नम्बरको ट्रकसंग पश्चिमबाट घरतर्फ जाँदै गरेको
प्रदेश ३-०२००९ प ९८५८ नम्बरको माेटरसाइकल ठाेक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गाइते भएका गिरि लमही अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।
ट्रक राजमार्गमा राेकिएर राख्दा उक्त दुर्घटना भएको हाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation