अर्थपछि सबैभन्दा धेरै बजेट शिक्षामा

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्टाएको छ । सम्हालेको मन्त्रालयलाई २ खर्ब २२ अर्ब ८६ करोड बजेट छुट्याएका अर्थमन्त्री वर्षमान पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

शिक्षामा चालु आर्थिक वर्षको बजेटको तुलनामा आगामी वर्ष २७ करोड रुपैयाँभन्दा बढी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना सरकारको छ । चालु आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा शिक्षाका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण गरेको सरकारले यस वर्ष ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ ।

अर्थमन्त्री पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमा शिक्षामा गुणात्मक सुधारलाई समृद्धिको आधार ठानिएको छ । त्यस अनुसारका विभिन्न कार्यक्रम समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation