प्रधानमन्त्री देउवा उपस्थित कार्यक्रममा नाराबाजी

प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा उनीविरुद्ध नाराबाजी भएको छ । सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरूले प्रधानमन्त्री देउवाको विरुद्धमा नाराबाजी गरेका थिए । 

आक्रामक रूपमा प्रस्तुत भएका उनीहरूले ‘राष्ट्रिय एकताको रक्षा गरौँ,’ ‘स्वाधिनताको रक्षा गरौँ’, ‘नागरिकता विधेयक खारेज गर्’, ‘एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’लगायतका नारा लगाएका थिए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation