Pranmancha

Advertisment

SKIP THIS

मानव शरीर र हाम्रो यान्त्रिक प्रक्रिया

समाज विकास क्रमसँगै मानव विकास पनि निरन्तर रूपमा हुने प्रक्रिया हो । वर्तमान विश्वको भौतिक विकास जुन रूपमा भएको छ मानव विकास त्यो भन्दा पनि दोब्बर गतिमा भइरहेको छ । यो कुरा हामीले महशुस गरिरहेका छौँ । विद्वान तथा वैज्ञानिकहरूले मानव शरीरको बारेमा गरेका पुर्व अध्ययनहरू एक पछि अर्को थप जटिल अध्ययनको विषय बनेको छ । संसारको जुनसुकै कुनामा बस्ने मानिसले पचाउन सक्ने पाचन प्रणालीको क्षमता के सबैमा एउटै छ ? किन सबै मानिसको साेंच्ने क्षमतामा फरक छ ? मानव शारीरको शक्ति कति हो ? मानव शक्ति कहाँ बन्छ ? वा मानव जीवन के हो ? यावत यस्ता प्रश्नहरू छन् । मानव जीवनको विकास र शरीर विज्ञानको जगतमा यी विषयहरु सबैको चासोका विषयहरू हुन् ।
एउटा वियोगान्त पल यहाँ राखौँः यात्राको क्रममा २०७६ असोज १६ गते मेरो दुर्घटना भयो । उक्त भयानक दुर्घटनामा मेरो दाहिने खुट्टा चुँडियो तर समयमै अस्पताल पुर्‍याएकाले संयोगवस खुट्टा जोडियो र अहिले म पूर्णतया हिँड्न सक्छु । पहिला जस्तो त कहाँ हुन्थ्यो र तर चुँडिएर जोडेको जस्तो उति ठुलो कमजोर नि छैन । अस्पतालको लामो बसाइको क्रममा चिकित्सक एवंम् डा. पदम थापाबाट थप केही अनौठो मानव प्रणाली र प्रक्रियाबारे जानकारी प्राप्त गर्ने अवसर प्राप्त भयो । डा. थापाका अनुसार दुई औँलाको कापमा छालालाई खुर्काएर केही दिन पट्टी बाँधेमा औँलाहरू जोडिन्छन् । त्यस्तै एक ठाँउको मांशपेशीलाई शरीरको अर्को ठाउँमा लगेर जोड्न सकिन्छ । त्यसै क्रममा गाडिले किचेर साप्राको हड्डी टुक्राटुक्रा भएको र मांशपेशी थिलोथिलो भएको मानिसको सफल अप्रेशन भएको समाचार सुन्न पाइयो । यी सबै घटनाक्रम मानव यान्त्रीक प्रर्णालीका उदाहरण हुन् ।
आज हामी संसारको जुनसुकै ठाउँमा पनि सजिलैसँग पुग्न र त्यहाँ सजिलैसँग कुरा गर्न सक्छौँ । यो कसरी सम्भब भयो होला ? एउटा सरल दिमागबाट सोँच्नुस् त ? फोन, भिडियो कल, एसएमएस कसरी सम्भव भयो होला ?
संसारका हरेक तथ्याङ्कलाई एउटा चिप्समा राख्ने क्षेमता कसरी विकास भयो होला ? खोलामा बग्ने चिसो पानी कसरी करेन्ट बन्यो होला ? अहिले भइरहेको प्रयोग र सुन्दा सामान्य लाग्छ तर यो एउटा मानविय मस्तिष्कको अदभुत खोज होईन र ? अब कुरा गरौँ मानव शरीर रचनाको ! हाम्रो शरीर हाड, मासु र रगतले बनेको छ । हाडले शरीरको चाल, माशपेसीले शरीरको आकार र रगतले शक्तिको निर्माण र स्नायुले संवेदनाको संचार गरी मानव जीवन संचालन भएको छ । यसबारे छोटोमा ब्याख्या गर्दा विषयवस्तु स्पष्ट पार्न नसकिएला तर छोटोमा प्रस्ट पार्ने मेरो प्रयास रहने छ । हामीले खाएको खाना पाचन प्रर्णालीले पचाएर ग्लुकोजमा परिणत गर्दछ । उक्त ग्लुकोजलाई सानो आन्द्रा र ठूलो आन्द्रामा भएका रक्तनलीको सहायताले रगतमा मिसिन्छ अनि उक्त रगत मुटुको सहायताले फोक्सोमा पुग्दछ जहाँ फोक्सोले हामीले लिएको अक्सिजन रगतमा मिसाइदिन्छ र रगत पुनः मुटुको माध्यमबाट रक्तनलीले माशपेसीको कोषमा पु¥याउछन्। कोषमा ग्लुकोज, अक्सिजन र माइट्रोकोन्ड्रीयाको बिचमा रासायनिक प्रकृयाबाट शक्तिको उत्पादन हुन्छ र उक्त शक्तिले मानव शरीरको शक्तिको रूपमा काम गर्दछ । स्मरण रहोस् जहाँ जुन अङ्गलाई शक्तिको आवश्यकता हुन्छ त्यहीँ नै शक्तिको उत्पादन हुन्छ । हामीले जुन अङ्गलाई सक्रिय बनाउछौँ त्यही अङ्गमा बढी शक्ति उत्पादन हुन्छ, र त्यो अङ्ग बलियो हुन्छ ।
हातखुट्टा बढी सक्रिय भएकाले शक्ति उत्पादन बढी हुन्छ र अरु अङ्गको तुलनामा बलिया हुन्छन्, भने कम सक्रिय हुने अङ्गहरू कमजोर हुन्छन्। शारीरिक कसरत यस्तो चिज हो जस्ले शरीरका सम्पूर्ण अङ्गहरूलाई सक्रिय बनाएर बलियो बनाउन सहयोग गर्दछ । तर प्राण के हो ? जीवन के हो ? सोच के हो ? जीवन कुन दैवी शक्तिले चलाएको छ ? यस्ता अद्भुत क्रियाकलाप कसरी भइरहेका छन् ? यावत् प्रश्नहरूको अहिले नि खोज, अध्ययन र अनुसन्धानका विषयवस्तुभैरहेका छन्, र हरेक पटक नयाँ तथ्यको उद्भव भइरहेकोले मानव शरीर एउटा जटिल
यान्त्रीक प्रर्णालीको रूपमा रहेको पुष्टी हुन्छ । लेखक ग्रेटबुद्ध एकेडेमी नारायणपुर दाङका प्रधानाध्यापक हुन् ।

प्राणमञ्च मासिकबाट…………..

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation