Pranmancha

Advertisment

SKIP THIS

जनप्रिय क्लबको जनप्रिय काम;सुस्त श्रवण विद्यार्थीहरुलाई पोशाक वितरण!

बिजुवार,११ शुक्रवार।जनप्रिय युवा क्लबले १७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ।क्लबले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै प्यूठान नगरपालिका वडा नं-१ मा अवस्थित श्री भुबनेश्वरी माद्यमिक विद्यालय खैरामा अध्ययनरत १७ जना सुस्त श्रवण भएका विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको हो।

सुस्त श्रवण भएका विद्यार्थीहरुलाई जाडोयाममा विशेष महत्त्व दिई १७ जना विद्यार्थीहरुलाई एक जोर ट्र्याक सुट र एकजोर टिसर्ट वितरण गरिएको जनप्रिय युवा क्लबका अध्यक्ष ताराबहादुर घर्ती मगरले बताउनुभयो।

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रवक्ता एवं कार्यक्रमका प्रमुख अतिथि सुमनराज श्रेष्ठले पालिका अन्तर्गत रहेको युवा क्लबले सामाजिक एवं मानवीय कार्यको पहलकदमी गरेकोमा आभार व्यक्त गर्दै विशेष क्षमता भएका विद्यार्थीहरुको संरक्षक बन्नुपर्ने बताउनुभयो।सुस्त श्रवण तथा सबै प्रकारका अपाङ्ग विद्यार्थीलाई निःशुल्क शिक्षा दिने सरकारको मूल लक्ष्य रहेकाले सोही अनुरुप नगरपालिकाबाट नीति निर्माण गर्ने र बजेट विनियोजनका लागि आफूले पहलकदमी लिनुपर्ने नगरप्रवक्ता श्रेष्ठले बताउनुभयो ।

भुबनेश्वरी माद्यमिक विद्यालयका विद्यालय व्यवस्थापन अध्यक्ष योगेन्द्र जिसीको अध्यक्षता भएको पोशाक वितरण कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रवक्ता सुमनराज श्रेष्ठको प्रमुख आतिथ्यता,जनप्रिय युवा क्लबका अध्यक्ष ताराबहादुर घर्ती मगर,क्लबका सदस्य रामप्रसाद पौडेल,अभिभावक एवं समाजसेवीहरुको आतिथ्यता रहेको क्लबले बताएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation