Pranmancha

Advertisment

SKIP THIS

सनराइज एकेडेमीको १४ औं वार्षिकोत्सब सम्पन्न

घाेराही उपमहानगरपालिका- १२ तुलसीगञ्जमा रहेकाे सनराइज एकेडेमीले आफ्नो १४ औं वार्षिक उत्सव भव्य कार्यक्रमबीच सम्पन्न गरेकाे छ । शुक्रबार विद्यालयमा आयाेजित कार्यक्रममा गायन, नृत्य र जनचेतनामूलक अभिनय (नाटक)सहितका विभिन्न प्रकारका सांङ्गीतिक प्रस्तुतिहरु राखिएको थियाे ।

रगतकाे अभावमा कसैकाे ज्यान नजाओस् भन्ने कुरालाई मध्यनजर गरी बिहीबार विद्यालयकाे तर्फबाट रक्तदान गरेकाे साे विद्यालयले साताव्यापी विविध खेलकुदसहित शुक्रबार आफ्नो १४ औं वार्षिकोत्सब मनाएको हाे । विद्यालयले अब सुबिधासम्पन्न २० काेठे भवन निर्माण गर्न लागेकाे विद्यालयका प्रधानाध्यापक टिकाराम केसीले बताएका छन् । केसीले विद्यार्थीलाई खाली प्रमाणपत्र (ग्रेडसिट) काे आधारमा विद्यार्थीकाे समग्रता मूल्यांकन गर्न नहुने बताउँदै आफ्नो विद्यायमा अध्ययनरत विद्यार्थीलाई आत्मनिर्भर र व्यवहारिक परिपक्वतालाई ध्यान दिएर पठनपाठनमा जाेडेकाे बताए ।

नारायण शाक्य र अनमिका शाक्यले सञ्चालन गरेकाे साे कार्यक्रममा बाेल्ने सबै वक्ताहरुले शैक्षिक गुणस्तर विकासमा विद्यालयलाई थप प्रगतिकाे शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बाेल्दै प्याब्सन दाङका उपाध्यक्ष एवम् साे कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्र चन्दले निजी विद्यालयहरु अब कुनै पनि विषयमा कमजोर छैनन् भन्ने उदाहरण पेस सबै शिक्षालयहरु अझ दृढताकासाथ लाग्न जरुरी रहेकाे बताए । उनले देशकाे समग्र शैक्षिक सुधारकाे लागि निजी र सरकारी क्षेत्र उदार भावले हातेमालो गरेर सहकार्य गर्नुपर्ने बताए ।

सेयर सदस्य चुरामणी बिककाे सभापतित्व रहेकाे साे कार्यक्रममा प्याब्सन दाङका उपाध्यक्ष वीरेन्द्र चन्द प्रमुख अतिथि थिए भने स्वागत मन्तव्य शिक्षक पुरन घर्तीले राखेका थिए ।

यस वर्षकाे “हाउस अफ द इयर” विद्यालयकाे ग्रीन हाउसलाई सम्मानसहित पुरस्कृत गरिएको विद्यालय परिवारले जनाएको छ । कार्यक्रममा विशिस्ट अतिथिकाे रुपमा घाेराही उपमहानगरपालिका- १२ का वडाध्यक्ष एवम् साेही विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका द्राेणबहादुर बहकरी थिए भने विभिन्न टाेल समहुका अध्यक्ष/प्रमुख, अभिभाव, पत्रकार लगायतको भव्य उपस्थित मा कार्यक्रम गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation