


दुरदराजमा आहत भोगिरहेका अभावग्रस्त जनका घाउहरुमा मलहम पट्टी गरिरहने निस्वार्थ र उर्जावान् पात्र हुन् प्रकाश घिमिरे । उनी चिटिक्क निजामति ड्रेसमा सजिएर साढे नौ बजे नै बडो उर्जाका साथ फोप्ली स्वास्थ्य चौकी पुग्छन् । पौने १० कै हाराहारीमा सेवाग्राहीहरुलाई उनी निश्चित (कहिलेकाही सिटामोल समेत नपाइने सरकारी स्वास्थ्य संस्था) स्रोत र साधनबाट असिमित सेवा दिन कस्सिन्छन् र दिनमा झण्डै १ सय मानिसहरुको स्वास्थ्य चेकजाँच, परामर्श र उपचारमा साँझ पाँचबजेसम्म खटिन्छन् ।
२०७२ स्वास्थ्य क्षेत्रमा नियुक्ति लिएका प्रकाश अहिले नौबहिनी गाउँपालिका ८ फोप्लीमा रहेको स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षकको रुपमा कार्यरत छन् । उनी नै त्यो क्षेत्रका मानिसहरुका लागि अब्बल डाक्टर कहलिएका छन् । स्वास्थ्य चौकी प्रमुखको रुपमा जिम्मेवारीमा रहेका प्रकाश पहिलो नियुक्ति ललितपुरको बागमती गाउँपालिकाको प्युटार स्वास्थ्य चौकीमा खटिए भने दुई वर्षपछि रामेछापको ओख्रेनी स्वास्थ्य चौकीमा २० महिना कार्यसम्पादन गरेको अनुभव छ । उनी आफ्नो जागिरे सेवाको अलावा त्यस क्षेत्रका अशक्त, जेष्ठ नागरिक, गर्भवती, गरिब, विपन्न लगायत दुःखी पीडितहरूको घरमै गई निःशुल्क सेवा समेत प्रदान गर्ने गरिरहेको र यसरी ग्रामीण क्षेत्रका पीडितहरुको सेवा गर्न पाएकोमा आपूmलाई निकै गौरवान्वीत ठान्छन् प्रकाश घिमिरे ।
हाम्रो भौगोलिक विकटताको कारणले र अन्य विभिन्न कारणले सामाजिक सांस्कृतिक भौतिक लगायत आर्थिक कारणले र विभिन्न बाध्यताको कारणले गर्दा घरमै सुत्केरी हुने घरमै प्रसुति हुने संख्या एकदमै बढी भएको हुनाले त्यसलाई कम गर्नको लागि कार्ययोजना तयार गरी अगाडि बढिरहेको बताउँछन् उनी । समाजमा स्वास्थ्य सचेतनासँगै अन्य सामाजिक कार्यमा पनि सकृय घिमिरे दुरदराजका बिग्रदो मनोसामाजिक पशिवेशले निम्त्याएको विचलन, पलाएनता र अवसरवाद विरुद्ध आशा र विश्वासका स्रोत हुन् ।
घरमा सुत्केरी भइरहँदाका आमा र बच्चाको सम्भावित जोखिमहरुको विषयमा गाउँ–गाउँमा गएर माइकिङ र परामर्श मार्फत “काउन्सिलिङ” गरिरहेको र उनको मनकारी सेवाबाट त्यस क्षेत्रका वृद्धवृद्धा र दिर्घरोगी सेवाग्राहीहरुलाई ठूलो राहत मिलेको नौबहिनी ८ का वडा अध्यक्ष मानबहादुर केसी बताउँछन् । मानबहादुरका अनुसार प्रकाशहरुको टोली आमा समूह र समुदायमा गई स्वस्थ्य खानपिन र असल जीवनशैलीको विषयमा अन्तरक्रियात्मक छलफल चलाइरहन्छन् । प्रकाश घिमिरेका अनुसार ग्रामीण क्षेत्रमा भौगोलिक विकटता सहज उपचारको पहँचमा मुख्य समस्यामा रहेको छ । विभिन्नखाले बिरामीलाई बोकनका लागि स्टेचरको अभाव त छँदैछ उता वैदेशिक रोजगारी र शहर मोहले गाउँहरु रित्तिएपछि सुत्केरी र गर्भवती महिलालाई बोक्ने व्यक्तिहरू नभएको तितो यथार्थ पोखे । पुरुषहरू विदेशमा रहेको महिलाहरूले त्यसको नेतृत्व लिन नसकेको कुनै महिलाहरु स्वास्थ्य संस्था अर्थात् स्वास्थ्यकर्मीसँग चेकजाँच गर्न लजाउने अर्काे समस्या पनि छ । यावत समस्याका बावजुत पनि सबैसँग हातेमालो गरेर काम गर्न सकेको खण्डमा घरमा प्रसुति हुने दरलाई घटाउन सकिने निष्कर्ष उनको छ ।
त्यसको लागि उनले गाउँम क्रियाशील सम्पूर्ण स्वास्थ्य आमा समूहहरूमा पुगेर घरमा सुत्केरीे नगराउन समूहलाई ‘एक्सन टीम’ का रुपमा विकसित गरेका छन् । बस्ती स्तरका महिला दिदीबहिनीहरुलाई टोलटोलबाट प्रतिनिधित्व हुने गरी स्वास्थ्य समूहमा सामेल गरी उद्धार, परामर्श एवम् उपचार प्रक्रियामा अहोरात्र लागेका छन् । स्वास्थ्य चौकीको पहुँचभन्दा टाढा रहेका बस्तीलाई उपचारको पहुँचमा ल्याउन दुईवटा नयाँ स्वास्थ्यआमा समूह गठन गरेर अगाडी बढिरहेको प्रकाश घिमिरे बताउँछन् । यो अभियानमा सबै राजनीतिक दल, समुदाय र अन्य सरोकारवालाहरुको राम्रो सहयोग र सहकार्य रहेको उनी बताउँछन् । गर्भवती महिलाहरूको लागि निःशुल्क भिडियो एक्सरे लगायत ल्याब सम्बन्धी प्रयोगशाला सेवा प्रदान तल्लिन छ उनको स्वास्थ्यकर्मीको टोली ।
प्रकाशले गर्भवति र सुत्केरीका सम्भावित जोखिमलाई मध्यनजर गरेर टोलटोलमा एकजना टोली नेता र अर्काे एक उपनेता गरी ६ जना सदस्य रहेको समूह निर्माण गरेका छन् । सँगसँगै स्वयंसेविकाहरुसँग सक्रियता पनि निकै उल्लेखनीय भएको उनी बताउँछन्। विविध कारणले स्वास्थ्य चौकीमा आउन नसक्ने गर्भवती महिलाहरूको घरमा स्वास्थ्यकर्मी स्वयंसेविका टिम लिडरहरू लगायत सबैजना गएर उनीहरुलाई अन्तरक्रिया गर्दै गाउँपालिका तथा नेपाल सरकारले स्वास्थ्य चौकीबाट दिने सेवाहरूको बारेमा जानकारी गराउने कार्यमा तल्लीन छ उनको स्वास्थ्य टीम । पब्लिक स्वास्थ्य चौकी सरकारले तोकेका विभिन्न प्रकारका सेवाहरू ै नियमित खोप सेवा परिवार नियोजन सेवा सुरक्षित गर्भपतन सेवा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा जेष्ठ नागरिकहरूको अशक्त घरमै गएर निःशुल्क रुपमा सेवा लगायत आकस्मिक सेवा बिरामी चेक जाँच विभिन्न प्रकारका सेवाहरू प्रदान गरिएको छ ।
प्राणमञ्चसँग कुराकानी गर्दै उनी भन्छन्, ‘उद्धार र परामर्शकै लागि हामीले वडा नम्बर ८ अन्तर्गत रहेको पब्लिक स्वास्थ्य अन्तर्गत ४० बढि टोलहरू निर्माण गरेका छौँ, बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याउनको लागि हाम्रो टिम सकृयताका साथ लागेको छ, गाउँलेहरु खुसी हुनुभएको छ । हामीले पनि सामूहिक हितको भावनाबाट ओतप्रात भएर ‘टीमवर्क’ गर्दा राम्रो नतिजा दिन सफल भएका छौँ, सीमित स्रोतसाधन, ग्रामीण परिवेश, भौगोलीक विकटता आदीलाई छिचोल्दै अझ राम्रो र गुणस्तरीय सेवा प्रवाहमा हामी थप उर्जाका साथ निरन्तर लागिरहने छौँ ।’ आर्थिक वर्ष ०७९÷८० मा १३ जना घरमा सुत्केरी भएकोमा ०८०÷८१ मा घरमा सुत्केरीको संख्या शून्य रहेको छ । विशेष गरेर आमा समूह, स्वास्थ्य स्वयंसेविका, टोली समूह र यसमा आवद्ध सदस्यहरू अन्य जनसमुदायहरूको सक्रिय भूमिकाप्रति उनले कृतज्ञता ज्ञापन गरे । यसरी समस्यामा परेका प्रभावितहरुको उद्धार र उपचारमा जिउज्यानले लाग्ने समूह तथा व्यक्तिहरुलाई उचित ढंगले प्रोत्साहन गर्न सकियो भने सामाजिक काममा उत्प्रेरित भई समाजमा विभिन्न प्रकारका परिवर्तनहरु ल्याउन सकिने उनको निश्कर्ष छ । त्यसैले केन्द्र, प्रदेृश र स्थानीय सरकारको प्राथिमिकतामा स्वास्थ्य क्षेत्रको दिगो विकास, स्रोत साधनको प्रयाप्तता र दक्ष जनशक्ति तथा आधुनिक स्वास्थ्य सेवा विस्तार विशेष प्राथमिकतामा पर्नुपर्दछ । हरेक स्वास्थ्यकर्मी वा राष्ट्रसेवक कर्मचारीहरुलाई सामाजिक काममा उत्प्रेरित गर्ने र विधागत विभिन्न तालिमहरु गर्नुपर्ने अत्यन्तै आवश्यक रहेको देखिन्छ । अर्कोतिर देशभरको स्वास्थ्य क्षेत्र पनि विचौलियाहरुको हातमा परेकोले आम उत्पीडित नागरिकहरु आधारभूत स्वास्थ्य पहँचबाट बञ्चित हुन विवश छन् ।
देशका सबैखाले स्वास्थ्य संस्थाहरुमा नयाँ दरबन्दी सिर्जना गरेर गुणस्तरीय, भरपर्दाे र सूलभ स्वास्थ्य सेवा प्रवाहमा लागे ठिक हुने प्रकाशको ठहर छ । अहिले गाउँमा स्वास्थ्य क्षेत्रमा विभिन्न प्रकारका विकृतिहरू पनि देखिन्छन् । आफूले के कति उपचार गर्न पाउने हा,े कति औषधि चलाउनुपर्ने हो, कस्तो बिरामीलाई रिफर गर्ने, कस्तोलाई प्राथमिक उपचार गर्ने भन्ने विषयमा विभिन्न प्राइभेट संस्था लगायत सरकारी संस्थाबाट पनि त्यसको नियमन नभएको र अनुमानको भरमा उपचार गर्ने परम्पराले बिरामीहरु नै जोखिममा परेका प्रकाशको अनुभव छ । गाउँ–गाउँमा के कस्ता उपचार पद्धतिहरु भइरहेका छन्, ती पद्धतिहरू ठिक छन् या गलत छन् ? आफूले गर्नुपर्ने भन्दा बढी गरेका छन् या ठिक गरेका छन् भन्ने विषयमा सरकारवाला निकायबाट बेलाबेलामा अनुगमन हुन जरुरी छ र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन जरुरी छ । गाउँ–गाउँमा ब्लड प्रेसर १८० माथि १०० तल भएका व्यक्तिहरूलाई पनि स्लाइन पानी लगाउने विकृति बढिरहेको छ । पैसाकै लोभमा स्लाइन लगाएर विकृति फैलाउने प्रकारको व्यवहारहरू रोक्न जनचेतना अभियान लगायत स्थानीय निकाय सम्बन्धित निकायले फलोअप गर्ने सल्लाह सुझाव दिने कारबाहीहरु गर्ने कुराहरु अगाडि बढाउनुपर्ने राज्यलाई सुझाव छ प्रकाशको ।
राज्यले स्वास्थ्य चौकीहरुलाई पर्याप्त औषधिहरू प्रदान गर्न नसकेको बताउँदै प्रकाश थप्छन्, ‘हामी यस समाजका बासिन्दा भएकोले हामी आफ्नो जागिर अवधिभरि मानवताको ख्याल गरी इमान्दारपूर्वक जनताको सेवा गर्ने प्रण गर्नुपर्दछ, कतिपय कुराहरू आफ्नो ड्युटीसँग जोडिएको भन्दा पनि मानवतासँग जोडिएका कुराहरु हुन्छन् र त्यस्तो विषयलाई हामीले जनताको पिरमर्का बुझेर उहाँहरूको सेवाको लागि चाहिँ कटिबद्ध हुनुपर्छ । हामीले स्वास्थ्य सेवा प्रदान गर्दा जेष्ठ नागरिक अशक्त वृद्ध र किशोरकिशोरीहरु तथा बालबालिकाहरुलाई पहिलो प्राथमिकतामा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने देखिन्छ र हाम्रो टीम त्यही ड्युटी पूरा गर्न प्रतिबद्ध छ ।’
राज्यका विभिन्न सम्मानहरु संगालेका प्रकाश सामाजिक व्यवहारमा हरेक स्वास्थ्कर्मी पारंगत हुनुपर्नेमा जोड दिन्छन् । सनले सैद्धान्तिक शिक्षा प्रातिसँगै मानवीय दया, करुणा र सदव्यवहार हुनसकेमा समाजमा साँचो अर्थको परिवर्तन गर्न सकिने जिकीर गर्छन् । स्वास्थ्यकर्मीको काम निकै संवेदनशील भएको हुनाले आफ्नो जागिरे जीवनमा हरेक सेवाग्राहीलाई स्वास्थ्य संस्थामा आपूm पनि सेवाग्राही मानेर कस्तो व्यवहार गरिदिए हुन्थ्यो भन्ने लाग्छ त्यस्तै ढंगलेसेवा प्रदान गर्नुपर्ने विषयलाई राम्रोसँग बुझेका प्रकाशले सेवामा दिनरात खटिने गर्छन् । राज्यले अहिले पनि स्वास्थ्यको बजेटमा धेरै कम छ । प्रकाशको मगजमा पनि विकास भन्नु बाटो, पुल, भवन लगायतका भौतिक पूर्वाधारको कुराहरूमा मात्रै केन्द्रीत हुँदा मानव संशाधन एवम् वौद्धिक पूर्वाधारका कामकारबाही निकै पछाडी परेको प्रष्ट देखिन्छ । त्यसकारण भौतिक पूर्वाधार मात्र नभई वौद्धिक पूर्वाधार तथा मानव संशाधन विकासका कामहरूमा बजेटहरू वृद्धि गरी जनचेतनाका काम, शिक्षाका, जीवनस्तर सुधारका विशेष पहलकदमी ल्याउन सकेमा राम्रो हुन्छ । योसँगै सामाजिक सांस्कृतिक अन्धविश्वार र कुरितीहरुलाई परिवर्तन गर्न नसकेमा समाज अगाडि बढ्न नसक्ने उनको निश्कर्ष छ ।
स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास स्वरुप समाजलाई जागरुक बनाउने प्रकाशको अभियानमा सहयोग पू¥याउने जनप्रतिनिधि, जनसमुदाय, स्वास्थ्य आमा समूह, स्वास्थ्यकर्मीहरू लगायत सम्बन्धित निकायहरूलाई आभार टक्राउँछन् । स्वास्थ्य चौकी ईन्चार्ज प्रकाश केही नयाँ गरौँ भन्नेहरुको लागि प्रेरणाको स्रोत हुन्