Pranmancha

Advertisment

SKIP THIS

प्रलेस लुम्बिनीको अध्यक्षमा मुरारी !

२७ फागुन, दाङ

प्रगतिशील लेखक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो सम्मेलन नयाँ कार्यसमिति चयनगरि लमहिमा सम्पन्न भएको छ ।

सङ्घकाे तेस्राे लुम्बिनी प्रदेश अधिवेशनमा डा. मुरारि पराजुली अध्यक्षमा निर्वाचित भएका छन् ।

दाङ जिल्ला स्थित लमहीकाे सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानमा भएकाे अधिवेशनबाट उपाध्यक्षमा क्रमशः गणेशा शाह विष्ट र ध्रुव गिरी निर्वाचित भएका छन । त्यसैगरी सचिवमा गाेविन्द खड्का, सहसचिवमा सुन्दर गुरुङ्, काेषाध्यक्षमा सीता ढुङ्गाना काफ्ले निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा गणेश घिमिरे, कृष्ण डाँगी, वसन्त पुनमगर, सन्ताेष घिमिरे, सूर्यप्रसाद न्याैपाने, दया दर्लामी, टंकप्रसाद आचार्य, भरत रानाभाट , खाेपीराम ओली , देवेन्द्र कुँवर , पुरण शर्मा, केशव बेल्वासे, टेकराज भुसाल निर्वाचित भएका छन् ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष डा.मधुसुधन गिरी, प्रा.डा. कपिलदेव लामिछाने, केन्द्रीय सचिव दलबहादर गुरुङ्, केन्द्रीय सल्लाहकार पदंप्रसाद शर्मा, केन्द्रीय सल्लाहकार मीना तिमिल्सिना रुपन्देही अध्यक्ष कृष्ण गाउँलेले शुभकामना दिएका थिए।

अधिवेशनले लुम्बिनी प्रदेशकाे अध्यक्ष पङ्कज कुमार श्रेष्ठले प्रस्तुत गरेकाे प्रगति प्रतिवेदन र काेषाध्यक्ष शशिराम कार्कीले प्रस्तुत गरेकाे लेखा प्रतिवेदन उपर छलफल र केही सुझावका साथ पारित गरेकाे थियाे ।

अधिवेशनले सात बुँदे घाेषणा पत्र पारित गरेकाे छ ।
कार्यक्रमकाे सञ्चालन पदंप्रसाद शर्माले गरेका थिए भने विशेष पहलकदमी, सहजीकरण र समन्वयकाे भूमिका केन्द्रीय सचिव डि.बि. गुरुङ्ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation