एमाले नेता भिम रावलद्वारा नागरिकता विधेयककाे विरोध गर्दै सदनमा कविता

२०७९ भदौ २ काठमाडौं  ।

नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् ।

उनले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि सुनाएको कविता यस्तो छ :

देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ

नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।

नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए ।

राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation