Pranmancha

Advertisment

SKIP THIS

आज यी स्थानमा वर्षाको सम्भावना

हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राति  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation