अविरल वर्षासंगै उच्चसतर्कता अपनाउन आग्रह

काठमाण्डाै – कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखका केही ठाउँमा आज ठूलो पानी परेको छ ।

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ । ती प्रदेशका धेरैजसो जिल्लामा हल्कादेखि मध्यम वर्षा र कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो पानी परेका जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका नदी तटीय क्षेत्रमा आज बिहानसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

भोलि र पर्सि कर्णाली, महाकाली, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने  र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation