– कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३जना बेपत्ता भएका हुन् ।
अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताउनुभयो।
वडाअध्यक्ष परबहादुर शाहीसहित १३ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।