Pranmancha

Advertisment

SKIP THIS

ड्राेन उडाएर नेकपाकाे महाधिवेशन शिवगढीमा उद्घाटन

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ९ औ राष्ट्रिय महाधिवेशनको आज एक समारोहबीच उद्घाटन भएको छ । पार्टीका महासचिव विप्लवले अधिवेशनकाे आज उद्घाटन गरे । विप्लवले कपिलवस्तुको शिवगढीमा नेकपाको आफ्नै नवनिर्मित कार्यालयमा महाधिवेशनको उद्घाटन गरेका छन् ।

भदौ ३० गतेकाे लागि तय गरिएको नेकपाकाे महाधिवेशन सरकारले नेताहरु विरुद्ध पक्राउ पुर्जी गरेपछि स्थगित भएको थियाे। ठुलाे तामझामका साथ काठमाडौंमा गर्ने भनिएको कार्यक्रम साेहिकारण एकाएक स्थगित भएकाे थियाे ।

कपिलवस्तुमा पार्टीको आफ्नै कार्यालयलमा ५ सय ५० प्रतिनिधि र पर्यवेक्षकको उपस्थितिमा महाधिवेशनकाे उद्घाटन गरिएको छ । पुष्प वर्षातसँगै ड्राेनबाट झण्डाेत्तलन गरियाे भने रिमाेट कन्ट्राेलबाट महाधिवेशनकाे ब्यानर खाेलि विप्लवले उद्घाटन गरे ।

याे अधिवेशनले नेपालकाे माैलिक क्रान्तिकाे लागि उत्कृष्ट कार्यक्रम निर्माण गर्ने आयाेजक समिति सदस्य विकिरणले बताए । उनले एकीकृत जनक्रान्तिकाे कार्यदिशालाई थप समृद्ध गरि अमेरिकी साम्राज्यवाद तथा घरेलुु प्रतिक्रियावादका विरुद्ध निर्मम समीक्षा सहितको विकसित नीति कार्यक्रम ल्याउने विषयमा बहस केन्द्रीत  गरिने बताउँदै देशमा दलाल संसदीय व्यवस्थाले निम्त्याएका जनघात र राष्ट्रघातका विरुद्ध धारिलो कार्यक्रम ल्याउने जिकिर गरे । उनले जनभावना र देशको माटाेअनुकुलका नारा विकास गर्ने दिशामा महाधिवेशन केन्द्रीत हुने पनि बताए । एक फरक विषयमा उनले पार्टी भित्र देखिएका विगतका कैयौं समस्याहरुलाई पनि गम्भीर समीक्षा गर्ने र उचित ढंगले हल गर्ने गरि छलफल सहितको निष्कर्ष निकालिने पनि बताए ।

असाेज ३१ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका ५ सय ५० प्रतिनिधि पर्यवेक्षक सहभागी भएका छन् । कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुति, नेपाल कम्युनिस्ट पार्टीका महासचिप ऋषि कट्टेल लगायतको उपस्थिति रहेकाे छ । उद्घाटन सत्रकाे संचालन पार्टी प्रवत्ता प्रकाण्डले गरे भने स्वागत मन्तव्य सन्ताेष बुढामगर विषमकाे रह्यो । जनवर्गीय संगठनका प्रमुख एवम् प्रतिनिधिहरुले पनि महाधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation