तस्करहरुद्वारा खाक निकालिएकाे मृत गैँडा फेला

चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो ।

गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ ।

डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । मृत गैंडाकाे डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । सेताेपाटी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation