Pranmancha

Advertisment

SKIP THIS

सहिद हरि सिंह नेपालीको सम्झनामा खेलकुद एवं विविध साँस्कृतिक कार्यक्रम

सल्यान, कुमाख गाउँपालिकाको मेलटाकुरामा सहिदको सम्झनामा प्रत्यक वर्ष मनाउँदे आएको सत्ताइसी कप आयोजनाको आज एक समारोहका बीच उदघाट्न गरिएको छ । तत्कालिन जनयुद्धका सहिद हर्समान नेपालीको सम्झनामा प्रत्यक वर्ष विविध कार्यक्रम गरिंदै आएकोले यसपटक पनि भलिबल तथा साँस्कृतिक कार्यक्रमसहित विशेष ढंगले मनाउने आयोजक समितिले जनाएको छ । देशका कुनैपनि जिल्लाका स्थानीय तहका वडा स्तरिय भलिबल प्रतियोगिता राखिएको भएपनि सल्यान, नवलपारसी बर्दघाट, रुकुमबाट १७ वटा टिमको सहभातिता रहेको आयोजकले जनाएको छ ।

मंसीर २४ गतेबाट सुरु भएको सो खेलकुद तथा साँस्कृतिक मेलाको समापन २७ गते गरिने भएको छ । खुल्ला वडा स्तरिय भलिबल प्रतियोगितामा प्रथम हुनेले रु. ७१,१११ (एकहत्तर हजार एक सय एघार), दोस्रो हुनेले रु. ५१,१११ (एकाउन्न हजार एक सय एघार), तेस्रो हुनेले ३१,१११ (एकत्तीस हजार एक सय एघार) र सान्त्वना हुनेले ११,१११ एघार हजार एक सय एघार) ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र बृहत खेलकुदकै बीचमा राष्ट्रि तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भव्य साँस्कुतिक कार्यक्रम तथा स्थानीय विभिन्न जातजातिका झाँकिहरु पनि प्रदर्शन गरिने सत्ताइसी कप आयोजनाका पदाधिकारीहरुले जनाएका छन् । स्थानीय कला सँस्कुतिको प्रवद्र्धन तथा खेलप्रेमीलाई नयाँ उचाई प्रदान गर्न र सहिदको पनि उच्च सम्मान गर्न सो कार्यक्रम कोशेढुङ्गा सवित हुने सत्ताइसी कप आयोजना सतिका सदस्य प्रेम नारायण बिकले जिकिर गरे ।

उद्घाटन कार्यक्रम आयोजना समितिका अध्यक्ष प्रेम नारायण बिकको प्रमुख अतिथि, कुमाख गाउपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार चन्द, विशिष्ट अतिथि राष्ट्रिय रेफ्री दोर्ण प्रकाश चन्द तथा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, शिक्षक, मिडियाकर्मी लगायतको उपस्थित थियो । स्वागत मन्तव्य राख्दै कार्यक्रम आर्थिक संयोजक खडग बहादुर बिकले कार्यक्रम सप्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । कार्यक्रम उदघान प्रमुख अतिथि राजेन्द्र कुमार चन्दले मैनबत्ती बाल्दै ब्यानर पढेर उदघाटन गरेका थिए । कार्यक्रम विशिष्ट अतिथि दोर्णप्रकाश चन्दले खेलाडीलाई अन्तर्राष्ट्रिय नियम खेलाइने समेत बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation