Pranmancha

Advertisment

SKIP THIS

वित्तिय क्षेत्रकाे लापरबाहि विरुद्ध प्यूठानका व्यवसायीहरु आन्दाेलित

चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीको धर्ना

प्युठान । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठानको गेटमा धर्ना दिएका छन्।
महेन्द्र माध्यमिक बिद्यालय खलगांको भवन अगाडिबाट सुरु भएको विरोध र्‍याली नाराबाजीसहित बजार क्षेत्रको विभिन्न भागको परिक्रमा गरी प्रशासनको गेट अगाडि पुगेर उद्योगी व्यवसायीहरूले धर्ना दिएका हुन् ।
धर्नामा सहभागी उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाको ज्यादती रोक, उद्योग व्यवसाय गर्ने वातावरण कायम गर, ब्याजदर एकल बिन्दुमा कायम गर, प्रिमियम दर बढीमा २ प्रतिशत गर, उद्योग व्यवसाय नीति कायम गर, चालु पुँजी कर्जा निर्देशिका २०७९ खारेज गर, सावाँ र ब्याज भुक्तानी अवधि बढाउ जस्ता नारा लगाएका थिए ।
उद्योगी व्यवसायीहरूले राखेका माग पूरा नगरेका कारण आन्दोलनमा उत्रिन बाध्य भएको प्युठान उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा प्यूठान नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्यार अलि खानले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका सदस्य ज्ञामुराम न्यौपानेले व्याजदर बृद्धिले निजी क्षेत्र तहसनहस हुने अवस्था आएको बताए ।
‘नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन ०७९ आडमा बैंकहरुले बृद्धि गरेको व्याजदरप्रति हाम्रो कडा आपत्ति छ’
व्याजदर वृद्धि फिर्ता नभएस्म्म आन्दोलन जारी रहने न्यौपानेले जानकारी दिए।

धर्नापछी आयोजित कोर्णसभालाई उद्योग बाणिज्य संघ प्युठानका कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेल, पूर्व अध्यक्षहरु राजकुमार कक्षपती, इमानसिंह भारती, माधवराज भन्डारीले कोणसभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation