प्रसिद्ध पर्यटकीय नगरी गाैमुखी जाने क्रममा भिरबाट लडेर एक जनाकाे मृत्यु भएको छ । अर्घाकाे गौमुखी जाने क्रममा अर्खाकाे ठुलाचौर भिरबाट लडेर गम्भीर घाइते भएका बाँदीकोटका २७ वर्षीय बसन्त सामतको मृत्यु भएको हाे ।
माघी मेलाकाे अवसरमा गाैमुखीमा लाग्ने ठुलो मेला हेर्न निस्किएका सामत हिजाे साँझपख अर्खाकाे ठुलो भिरमा पैदल हिड्दै गर्दा भिरबाट लडेर गम्भीर घाइते भएको र उपचारको लागि प्युठान जिल्ला लगिएको बेला हस्पिटलले मृत घोषणा गरेको हाे ।
विकट ठाउँमा रहेकाे गाैमुखी पुग्न पैदल तथा सडक मार्ग दयनीय अवस्थामा रहँदा यहाँ सवारी दुर्घटना तथा स्वयं लडेर प्रत्येक वर्ष तिर्थालुहरुकाे ज्यान जाने गरेकाे स्थानीयवासीले बताएका छन् ।