पुष्कर पन्त सुनार
फागुन १४
सल्यान
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन अखिल (क्रान्तिकारी) को २१ अाैँ जिल्ला सम्मेलन आज एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ । बलिदान दिवसको अवसरमा भएको साे सम्मेलनले अध्यक्षमा दिपक सीलाई सर्बस्मत चयन गरेकाे छ । “संसदीय ब्यवस्थाको र बुर्जुवा शिक्षा प्राणलीका विरुद्ध हाम्रो आन्दोलन सृदृढ र वैज्ञानिक समाजावादी शिक्षा प्राप्तिको लागि २१ अाैँ जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ सम्पन्न भएको सम्मेलनले दिपककाे अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति चयन गरेकाे हाे।
त्यस्तै उपाध्यक्षमा अनिल सि, सचिब भिम सि, सह:सचिव टिकाराम सि, कोषाध्यक्ष शैलेश सी रहेका छन् । नबनिर्बाचित जिल्ला कार्य समितिलाई अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबालय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज हरि सीले सपथ ग्रहण गराएका थिए ।
नयाँ कार्यसमितिलाई सम्मेलनका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सबिन सिले शुभकामना मन्तव्य राखे । उनले नेपालको शिक्षा प्रणालीमा देखिएको निजीकरण, ब्यापारीकरण, माफियाहरुकाे हातमा भएकोले बताउँदै त्यसको विरुद्ध सशक्त प्रतिरोध गर्दै शैक्षिक माफिया र भ्रष्टाचारीहरुलाई ठेगाना लगाउने संगठन भनेको अखिल (क्रान्तिकारी) मात्रै भएकोले अखिल क्रान्तिकारीलाई सबै विद्यार्थीले साथ दिनसमेत आग्रह गरेका गरे ।
उनलेे नेपाली समाज अहिले बिकृति बिसङ्ग्ती भासिएकाेले यसकाे निराकरण गर्ने एक मात्र विकल्प नेपाल कम्युनिस्ट मात्रै भएको बताए ।