राप्ती इन्जिनियरिङ कलेजकाे हाजिर जवाफ प्रतियोगिता

जिल्लामा जिल्ला स्तरीय हाजिरी जावाफ प्रतियोगिता सम्पन्न भएको छ । दाङकाे घाेराहीमा अवस्थित राप्ती इञ्जिनियरिङ कलेजकाे आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हाे ।

दाङ जिल्लामा रहेका प्लस टु साइन्स अन्तरगत ११ वटा स्कुलको सहभागिता भएको प्रतियोगितामा रोजी बड्स बाल बाटिका सेकेन्डरी स्कुल लमही (कमल पन्थी, सविता सुनाम र सुदिप पौडेल) प्रथम स्थान हासिल भएको छ भने पद्योदय पब्लिक मोडेल सेकेन्डरी स्कुल घोराही दाङ (तारा श्रेष्ठ, खुम बहादुर बस्नेत र चुमान महरा) दोस्रो स्थान र दाङभ्याली सेकेन्डरी स्कुल घोराही दाङ (प्रयूष पौडेल, मोहन सुवेदी र सुनिता विश्वकर्मा) ले तृतीय स्थान हासिल गरेका छन्।

प्रथम स्थान गर्ने रोजी बड्स बाल बाटिका सेकेन्डरी स्कुलले १५,००० नगद सहित प्रमाण पत्र, दोस्रो हुने श्री पद्योदय पब्लिक मोडेल सेकेन्डरी स्कुलले १०,००० नगद सहित प्रमाण पत्र र तेस्रा हुने दाङभ्याली सेकेन्डरी स्कुलले ५,००० नगद सहित प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् ।

राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष डा. भीमसेन गिरीको सभापति तथा राष्ट्रिय परीक्षा बोर्ड घोराही दाङका प्रमुख रामलाल खड्काको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हाे ।

प्रमुख अतिथि खड्काले विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थी भाईबहिनीहरु, सहभागी गराउने विद्यालयका प्राचार्यहरु र सहभागी सम्पुर्ण शिक्षकहरुलाई विशेष धन्यवाद ज्ञापन गरे । साथै प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल सबैलाई धन्यवाद दिँदै निजी स्तरका विद्यालयहरु पनि सरकारी विद्यालय भन्दा कमजोर नरहेको कुरा जिकिर गरे ।

उनले प्रतियोगितात्मक हाजिरी जवाफ कार्यक्रममा आफुले पहिलो पटक यस्तो विविध विधालाई समेटेर प्रश्नहरु तयार गरेको पाएकोमा कलेजलाई विशेष धन्यवाद व्यक्त गरे ।

राप्ती इञ्जिनियरिङ कलेजले लामो समयदेखि दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको र समाजमा लुकेर रहेका प्रतिभालाई समाजमा चिनाउनको लागि महत्वपुर्ण भुमिका खेल्न यस्ताखाले कार्यक्रम गरिएको कलेज प्रमुख एवं कार्यक्रका सभाध्यक्ष डा. भिमसेन गिरीले बताए ।


कार्यक्रमका अतिथि पद्योदय पब्लिक मोडेल सेकेन्डरी स्कुल घोराही दाङका प्राचार्य राम प्रसाद जैसीले दाङ जिल्ला भरी छरिएर रहेका विभिन्न विद्यालयहरुमा १२ मा अध्ययनरत विद्यार्थीहरुबीच प्रतियोगात्मक हाजिरी जवाफ कार्यक्रम आयोजना गरिएकाेमा कलेजलाई धन्यवाद व्यक्त गरे । उनलेे  विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरुलाई धन्यवाद दिदै प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने तथा प्रतियोगितामा सहभागीता जनाउने सबैलाई विद्यार्थीहरुलाई विशेष धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation