Pranmancha

Advertisment

SKIP THIS

दलित पत्रकार संघ स्थापनाकाे सम्झनामा गरियो दिप प्रज्वलन

दलित पत्रकार संघ दाङले आफ्नाे स्थापनाकाे १२ अाैँ वर्षगाँठ मनाएको छ । कार्यक्रमकाे अवसरमा दाङकाे तुलसीपुरचाेकमा दिप प्रज्वलन गरिएकाे हाे । दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य सरद अधिकारी रहेका थिए भने कार्यक्रमकाे अध्यक्षता दलित पत्रकार संघका बरिस्ठ उपाध्यक्ष गिरिराज नेपालीले गरेका थिए ।

दिप प्रज्वलनकाे अवसरमा दलित जागरणकाे अभियान तथा देशका हरेक आन्दोलनमा सहादत प्राप्त सहिदहरुकाे सम्झनामा १ मिनेट माैनधारण गरिएको थियाे ।

दलित पत्रकार संघकी जिल्ला सदस्य अस्मिता नेपालीकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासन तथा प्रेस सेन्टर नेपाल दाङ शाखाका अध्यक्ष पाण्डव शर्माले आजकाे समाजमा पनि जातीय छुवाछूत लगायतका विभेदजन्य घटना कायम रहेकाे सन्दर्भमा पत्रकारहरु अझ सशक्त भएर त्यसकाे प्रतिवाद गर्नेगरी पत्रकारीतामा लाग्नुपर्ने जाेड दिँदै शुभकामना मन्तव्य राखे ।

कार्यक्रममा पेशागत संगठनका सञ्चारकर्मी, दलित जागरणका अभियान्ता, विभिन्न संचार माध्ययमका सञ्चारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation