प्यूठान दुर्घटना:मृतकको पहिचान खुल्यो,घाइतेलाई बुटवल रिफर

प्यूठान दुर्घटनामा मृत्यु हुने र घाईते हुने ब्यक्तिको पहिचान खुलेको छ । प्यूठानमा आज शनिबार मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको माण्डवी गाउँपालिका ५ आपचौरमा काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबिमा बरौंलाबाट बिजुवार तर्फ आउदै गरेको लु २१ प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
ऐरावती गाउँपालिका २ हरियाटारी बस्ने ४५ बर्षका राम बहादुर थापा (गोपाल) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मोटरसाइकल पछाडी बसेका ऐरावती गाउँपालिका ४ घर भएकी बसन्ता आचार्य (भुषाल) घाइते भइ उपचारका लागि जिल्ला अस्पताल बिजुवार बाट बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।
जेसिबि चालक झिमरुक गाउँपालिका ४ कुटिचौरका जीवन श्रेष्ठ र जेसिबि इलाका प्रहरी कार्यालय बिजुवारको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation