आरआरमा चुनाव अनिश्चित, कसरी बन्लान् मदन स्ववियु सभापति ?

देशभर चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव हुँदै छ । विद्यार्थी संगठन र प्रशासनका स्वार्थ नमिलेका कतिपय क्याम्पसबाहेक देशभरका अधिकांश क्याम्पसहरुमा १५ वर्षपछि चुनाव हुन लागेकाे हाे । विद्यार्थीमा उचित प्रकारकाे शैक्षिक जागरण तथा राजनीतिक काेर्षकाे विश्वविद्यालयसमेत रहेकाे स्ववियु आफ्नाे मुल्य मान्यताकाे मर्मबाट विमुख हुँदै ठेकेदार, गुण्डा र तस्कहरुकाे कब्जामा फसेकाे छ । स्ववियुलाई पुरानाे लयमा फर्काउन निकै मेहनत गर्नुपर्ने देखिनछ ।

देशभर ८० भन्दा बढी क्याम्पसमा सर्वसम्मतिले स्ववियु गठन भएको र बाँकी अधिकांश क्याम्पसमा चुनावी सरगर्मी तातिरहेकाे बेला आर आर(रत्नराज्य लक्ष्मी) क्याम्पसमा कुनै चुनावी माहोल छैन । हालसम्म नेपाल क्रान्तिकारी विद्यार्थी संगठन, अनेरास्ववियु, समाजवादी विद्यार्थी समूह र क्रान्तिकारी विद्राेही समूह गरी चारवटा संगठन मात्रैले संगठन दर्ता गरेका छन् भने नेवि संघ, अखिल (क्रान्तिकारी) समाजवादी विद्यार्थी संगठन लगायतका संगठन चुनावी प्रक्रियामा दर्ता नै भएका छैनन् ।

उता अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आर आर क्याम्पसका सभापति उम्मेदवार मदन भण्डारीले आफ्नो नेतृत्वको जित सुनिश्चित भएपछि त्यसबाट अताल्लिएर अन्य संगठनहरु चुनावी प्रक्रियामा नआएकाे बताए ।

उनले सबै संगठन एकातिर गठबन्धन भएपनि आफ्नाे जितलाई कसैले राेक्न नसक्ने दाबी गरे । स्मरण रहास्: मदन भण्डारीले २०७३ काे स्ववियु निर्वाचनमा पनि लाेकप्रिय मतसहित “म्यान अफ द इलेक्सन” काे रुपमा सदस्य पदमा निर्वाचित भएका थिए ।

प्राणमञ्चसँगकाे कुराकानीमा उनले भने “अनेरास्ववियुकाे विद्यार्थी आन्दोलनमा लामाे इतिहास रचेकाे यस क्याम्पसमा यसपालिको हाम्रो जितलाई पनि कसैगरी राेक्न सक्दैन, सके सबै संगठनहरुबीच स्वच्छ चुनावी प्रतिस्पर्धा गर्नेछाैँ यदि त्यसाे हुन नसकेकाे खण्डमा कि निर्वाचन बिधिबमोजिम एकतर्फी स्वत: घाेषणा हुने छ या सर्वाेच्च अदालत पुगेर न्यायीक प्रक्रियामा जानेछाैँ, जसरी पनि जित हाम्रै हुनेछ किनकि यहाँ हामीलाई सबै विद्यार्थीहरुले निकै मन पराउनुभएकाे छ । हाम्रा संगठनकाे उचित पहलकदमी र असल गतिविधिले गर्दा ।”

क्याम्पसका निर्वाचन समितिका अनुसार २१ गते नेविसंघद्वारा सुरुमा तालाबन्दी (फर्जी विद्यार्थी भर्नाकाे विषय) गरेपनि २५ गते सहमतिमा चुनाव गर्नेगरी ताला खाेलिएकाे थियाे । विद्यार्थी (मतदाताकाे) अन्तिम नामावली प्रकाशनमा समस्या भएको भन्दै अन्य विद्यार्थी संगठनले तालाबन्दी गरिरहेका छन् । क्याम्पसमा ४ हजार ७५ जनाकाे अन्तिम मतदाताकाे नामावली छ । सुरुमा भने ५५ सय मतदाताकाे नाम प्रकाशित भएको थियाे ।

स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ, तर कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्नेछ । कार्यसमितिको संख्या विद्यार्थीको संख्याअनुसार फरक छ । दुई सयजनासम्म विद्यार्थी हुने क्याम्पसमा ११ सदस्यीय, दुई सय एकदेखि हजारसम्म १५ सदस्यीय, एक हजार एकदेखि तीन हजारसम्म १९ सदस्यीय र तीन हजारभन्दा माथि विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation