बुद्ध जनकल्याण माविमा बिदाई कार्यक्रम सम्पन्न

सल्यानको कुमाख गाउँपालीका वडा नं-६ मा रहेको बुद्ध जनकल्याण माविले नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा कक्षा १० का विद्यार्थीलाई बिदाई कार्यक्रम एक समारोहबी सम्पन्न गरेकाे छ । बिदाई तथा स्वागत कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक टेकम कुमारी शर्माकाे  थियाे भने जिल्ला समन्वय समितिका उप प्रमुख असबिर बुढाथोकीको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा निवर्तमन विद्यालय व्यवस्थापन समितिलाई  पदाधिकारी तथा नवनिर्वाचित पदाधिकारी, अभिभावक एवम् विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रम मा SEE परिक्षा दिना जाने कक्षा १० का छात्र छात्राहरुलाइ बिदाइसँगै निवर्तमन विद्यालय व्यवस्थापन समितिलाई  कदर पत्र सहित सम्मान गरिएको छ । वर्तमन नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिलाई र बधाई एवम् सफल कार्यकालकाे शुभकामना मन्तव्य राखिएकाे थियाे ।

विद्यालयलाई नयाँ ढंगले शैक्षिक गुणस्तर तथा पूरवाधारकाे उचाइमा लैजाने नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिले प्रतिबद्धता जनाएको छ ।

बिदाई भएर जाने कक्षा १० का छात्र छात्राहरुले विद्यालयको थप प्रगतिको कमना गर्दै मायाको चिनो स्वरुप गाग्री १ थान, स्टिल जग २ थान, बाल्टिन २ थान र कुर्सी ४ थान हस्तान्तरण गरेका छ्न् । कार्यक्रमको स्वागत मन्तब्य लेखापाल खडग बहादुर बि .क ले राखेका थिए भने कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक कुलदिप बिस्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation