सहकारी र सहकारीको समाजवादी दिशा- शशिधर भण्डारी

नाफामा मात्र बाँच्ने दलाल तथा नोकरशाही पूँजीवादी संस्कार र संस्कृतिले सहकारीका परोपकारी र सहयोगात्मक मुल्यहरुलाई भत्काउँदै जाने छ । त्यसकारण सहकारीलाई माक््र्सवादी दृष्टिकोणका आधारमा समाजवादी संस्कृतिमा आधारित दिशा दिन जरुरी छ ।

 

बेलायतमा भएको औद्योगिक क्रान्ति पूँजीवादको विकास र पूँजीवादको शोषणले उत्पन्न गराएको असमानता तथा मजदुर वर्गको दयनीय अवस्थाको कारणले केही चिन्तकहरुमा सहकारीको अवधारणा जन्मेको देखिन्छ । सहकारी भनेको सहकार्य हो । एउटै अवस्था, एउटै समस्या, एउटै लक्ष्य र एउटै सपना भएका जनता मिलेर आफ्नो वर्गीय समुदायको हित र सहयोगको सामुहिक आदानप्रदान सहकारी हो । अन्तर्राष्ट्रिय सहकारी अभियानको इतिहासमा सहकारीको अवधारणाका प्रणेता कसलाई मान्ने भन्ने विषयमा पनि मतभिन्नताहरु रहेका छन् । आधुनिक विश्वमा समाजको विश्वव्यवस्था सम्बन्धी दुईवटा परस्परविरोधी विचारधाराहरु छन् । पुुँजीवादी व्यवस्था वा समाजवादी व्यवस्था दुबैमा सहकारीको अवधारणालाई स्वीकार गरेको पाइन्छ ।

शुरुमा त सहकारी आन्दोलन पुुँंजीवाद विरुद्ध उठाइएको महत्वपूूर्ण कदम थियो । यसको महत्वलाई ध्यानमा राखेर रुस र चीनमा कम्युुनिस्ट क्रान्ति भएपश्चात सहकारीताको अवधारणालाई व्यवहारिक रुप दिएर अगाडि बढाउने काम भएको थियो । ती देशहरुमा सहकारीताले समाजवाद निर्माणमा प्रक्रियाको जगकै काम गरेका थिए । आजको विश्वमा समाजवादी क्रान्ति भएका मुुलुुकहरुमा पनि घोषित वा अघोषित रुपमा पुुँंजीवादको पुनःस्थापना भएको छ । संकटपूूर्ण अवस्थामा पुुगेको पुुँजीवादलाई प्राण भर्नका निमित्त सन् सत्तरीको दशकमा पूँजीवादीहरुले नवउदारवादी अर्थ नीतिमा आधारित सिद्धान्तको जग हाले । त्यसैको परिणाम आधुुनिक पुुँजीवाद नीजिकरण र पूूंजीवादी भूूमण्डलीकरणको दिशामा गयो ।

नीजिकरण र पुुँजीवादी भूमण्डलीकरणले सामाजिक वर्गअन्तरलाई अरु गहिरो बनाउदै गएको छ । उद्योगहरुमा नीजिकरणले ठेकेदारीप्रथा कायम गरेको छ । सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा भएको महान् र वीरतापूूर्ण बलीदानीको संघर्षबाट प्राप्त ८ घण्टा काम, ८ आराम र ८ घण्टा मनोरञ्जनको अधिकारलाई अत्यन्त नाटकीय ढंगले पुुँजीपतिहरुले हरण गरेका छन् । खुल्ला बजार अर्थनीतिका कारणले साना किसानहरु अत्यन्तै शोषणमा परेका छन् । नवउदारवादी सिुद्धान्तले पैदा गराएको दलाला तथा नोकरशाही पूँजीवादले आधुनिक पूँँंजीवादी समाजको तल्लो तहमा रहेको किसान मजदुुर वर्गलाई निकै नै निचोरेको छ । यस्तो अवस्थामा सामान्य जीवन निर्वाहको निमित्त पनि जीवन निर्वाहको प्रश्नमा सहकारी संस्था किसान मजदुुरका निमित्त अनिवार्य भइसकेको देखिन्छ ।

विश्वका माक््र्सवादीहरुले काल्पनिक समाजवादी विचारका चिन्तकहरु रबर्ट ओवेन, सेन्ट साइमन र चाल्र्स फुरियलाइ सहकारी सम्बन्धी अवधारणाका जनक मानेका थिए । त्यसमा पनि मूख्य रुपमा रबर्ट ओवेनको नाम लिएको पाइन्छ । अर्काथरी विद्वानले रोयडेल पायनियर्सलाई सहकारी सम्बन्धी अवधारणाको जनक मान्दछन् । तिनीहरुले रोचडेलले सन् १८४४ मा उत्तरी इङल्याण्डको रोचडेल बस्तीमा २८ जना मजदुुरलाई मिलाएर एउटा सहकारी स्थापना गरिसकेका थिए भन्दछन् । तिनीहरु त्यहाँको धागो कारखानामा काम गर्ने मजदुरहरु थिए । सो व्यवसायीक सहकारीको नाम रोचडेल इक््िवटेवल पायनियर्स सोसाइटी थियो भन्ने भनाई छ । त्यहाँको मजदुरको दयनीय अवस्थालाई सुधार गर्न त्यो सहकारी संस्थाले महत्वपूूर्ण योगदान दिएको थियो । काल्पनिक समाजवादी चिन्तक रोबर्ट ओवेनले सन् १८२५ देखि सहजीवन बस्ती आवास कार्यक्रम सञ्चालन गरेका थिए । उनले २० हजार पाउण्ड खर्च गरेर न्यू हर्माेनी इण्डियना भन्ने स्थानमा जमिन किनेर १६ वटा बस्ती बसालेका थिए । रोबर्ट ओवेनको बस्तीमा २ सयदेखि ३ हजार सदस्यसम्मा रहन्थे । त्यसमा सामुहिक भोजनालय, भान्साघर, पुुस्तकालय, कारखाना, अन्न कुुटानिपिसानी मिल आदिको व्यवस्था थियो । यस्तो सहकारी सहभोज र सहआवासको व्यवस्था गरेर ओबेनले मान्छेलाई व्यक्तिगत सम्पत्तिप्रतिको मोहलाई हटाउने प्रयत्न गरेका थिए ।

नीजि सम्पत्तिप्रति पूँँजीवादको विकासले अत्यन्त लालची समाज निर्माण गराइरहेको अवस्थामा रबर्ट ओवेनको यो अभियानको प्रभाव निकै महत्वको थियो । उनले यो अभियानको प्रवाह उनको एउटा सानो एरियाको बस्तीमा मात्र सिमित रहेता पनि उनको सो कर्मको सकारात्मक सन्देश प्रवाह भएको थियो । त्यसैले सहकारी सम्बन्धी एकथरी विद्वानहरुले रोबर्ट ओवेनलाई नै सहकारीका जनक मान्दछन् । सन् १७९९ देखि रोबर्ट ओवेन र डेल बेलायतको स्कटल्याण्डमा बस्दा दुबैले सहकार्य गरेको पनि देखिन्छ । विश्वको सहकारी अभियानको इतिहास हेर्दा जर्मनीका विल्हेम राइफसेनको पनि नाम आउँछ । सन् १८१८ मा जन्मेका राइफसेनले मेहनतपूर्वक पहलकदमी गरेर १८६२ मा जर्मनीको राइनल्याण्डमा सहकारी सम्बन्धी सर्वहारा समझदारी नामक एउटा बचत संस्था खोले र किसानहरुका बीचमा कार्यसम्पादन गरेका थिए । “एकका लागि सबै र सबैका लागि एक” उनको नारा थियो । सुरुमा यस्तै यस्तै कामदारहरुको जगमा एकपछि अर्काे गरेर सहकारी अभियानले विश्वव्यापी रुप लिएको देखिन्छ ।

नेपालमा बि.सं. २०१३ सालमा चितवनमा स्थापना गरिएको बखानसिंह बचत तथा ऋण सहकारीलाई पहिलो सहकारी संस्थाका रुपमा स्वीकार गरिएको छ । नेपालमा सहकारीको ६ दशकभन्दा लामो इतिहास छ । यस दौरानमा सहकारीहरुले केही सकारात्मक योगदान पनि दिएका छन् । नेपालमा सरकारले सहकारीलाई तीनखम्बे अर्थनीति अनुरुप महत्वपूूर्ण खम्बाका रुपमा ग्रहण गरेको छ तर नेपाली अर्थतन्त्रको अन्य क्षेत्रमा जस्तै सहकारीको क्षेत्रमा पनि सन्तोषजनक ढंगले कार्यसम्पादन भएको पाइँदैन । देशका कतिपय सहकारीहरु वेथिति र अनियमितता तथा भ्रष्टाचारमा डुुबेका छन् । तर देशका कतिपय सहकारीले जनतालाई बचत संकलन गर्ने, सहुसलियत ऋण पदान गर्ने, उत्पादनमा प्रोत्साहन गर्ने, ज्ञान र सीपको आदानप्रदान गर्ने, सामाजिक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने लगायतका कामहरु गर्दै पनि आएका छन् ।

त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । तर मूल रुपमा नेपालका कतिपय सहकारीहरु सहकारीको उदेश्य र सपना अनुुरुप चलेका छैनन् । कतिपय सहकारीहरु किसान र मजदुुरलाई चुुस्ने संगठित महाजन जस्ता भएका छन् । सहकारीहरुले उत्पादन र सहकार्यलाई नारामा मात्र सिमित गर्दै लक्ष्यबिहीन रुपमा जनतालाई ऋण बाँड्ने र घरखेत नै उठाइदिने गरेका कैयौँ उदाहरणहरु छन् । सहकारीलाई डुुबाउने र सहकारीमा भएको रकम उठाएर भाग्ने गरेका पनि कैयौँ उदाहरण छन् । जनताबाट पैसा उठाउने र एउटा उपल्लो तहको सञ्चालक तप्काले मनपर्दी गरेको पनि पाइन्छ । देशमा कतिपय यस्ता झोले सहकारी पनि छन् जसले राजनीतिक पहुुँचको आधारमा ऋण र अनुुदान कुुम्ल्याउने तर एउटा पनि प्रगति विवरणको सत्य फाइल बनाउन नसक्ने गरेका छन् । एकातिर सहकारी सञ्चालकहरुका गैरजिम्मेवार कार्यशैली अर्काेतिर सरकारको तथा पार्टीहरुको उचित नीति निर्माण र निर्देशनको कमीको कारणले पनि सहकारी क्षेत्रले सन्तोषजनक परिणाम दिन सकेको देखिन्न । कतिपय अवस्थामा सरकारले सहकारी आन्दोलनलाई गरिबी निवारणको संस्थाका रुपमा परिभाषा गरेको पाइन्छ तर वस्तुगत वास्तविकता तदनुरुपको छैन ।

एकातिर सरकारले यस्तो आशा गरेको देखिन्छ भने अर्काेतिर नवउदारवादी अर्थतन्त्रमा आधारित भूमण्डलीकृत पूँजीवादको महत्वपूूर्ण अंग वा खम्बाको रुपमा रहेको नीजि क्षेत्रले सहकारी अभियानलाई असफल पार्न लगातार प्रयत्न गर्दै आएको पाइन्छ । आधुनिक दलाल पूँजीपतिहरुले सहकार्य र हातेमालोको नाममा सहकारी खोलेर संगठित सुुद्खोरको काम गरिरहेका छन् ।

सामन्तवादी व्यवस्थामा साहुमहाजनले चर्काे ब्याज लिएर शोषण गरेजस्तै आजको दलाल तथा नोकरशाही पूँजीवादी व्यवस्थामा पूँजीपतिहरु संगठित भएर सहकारीको नाममा डरलाग्दो शोषण गरेको पनि देखिन्छ । साहुले बरु केही महिना पर्खनुस् भनेपछि मान्न सक्छ तर सहकारीलाई समयमै सावा ब्याजको किस्ता नतिरे घरखेत गरिदिन्छ भन्ने जनगुनासो समाजमा प्रशस्त छन् । आफै सदस्य रहेको सहकारी संस्था त्यति डरलाग्दो हाउँगुजी बन्नुका पछाडि केही कारणहरु जरुर छन् ।

विशेषतः यो समस्या कृृषि तथा पशुुपालन क्षेत्रमा देखिन्छ । उत्पादनवेसमा स्थापना भएका सहकारीहरुले ऋण प्रवाह गर्दा लगानी क्षेत्रको किटान, अनुगमन, तालिम र बजार व्यवस्थाकोसमेत प्रबन्ध सरकारको सहयोग र समन्वयमा गर्न जरुरी छ । सहकारीमा जग्गा धितो राखेर जनताले एउटा लक्ष्य किटान गरेर ऋण लिन्छन् तर सो ऋणलाई अर्कै शिर्षकमा खर्च गर्ने गर्छन् । त्यसो गर्न नदिन सहकारीहरुले अनुगमन, सल्लाह र सहयोग गर्ने कुरामा पनि ध्यान दिन जरुरी छ । यस पक्षमा ध्यान नपुगेको कारण सहकारीको भूमिका वित्तीय संस्थाहरुको जस्तो भूमिका रहेको देखिन्छ । सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको एउटा खम्बा बनाउने हो र उत्पादन, वितरण र नाफासित जोड्ने जरुरी छ अन्यथा सहकारीको लिखितम् लक्ष्य एउटा तर काम अर्काे हुने हुन्छ । अहिले यस्तै हुँदै आएको छ । यस्तै समस्याबाट गुजुल्टिदै आएको हुनाले नेपालमा सहकारीको क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ३ प्रतिशत मात्र योगदान गरेको पाइन्छ । त्यसकारण नेपालमा सहकारी अभियानलाई वास्तविक सहकारीका रुपमा खास उत्पादनमा जोड्न अनिवार्य छ । नवउदारवाद, भूमण्डलीकृत पुुँजीवाद र नीजिकरण सहकारीका बाधक हुुँदै आएका छन् । तिनले समाजमा नीजिकरण जसरी हुन्छ नाफा सोहोर्ने संस्कार बसालेका छन् । दलाली कमिशनतन्त्र वैधानिक लुट जे गरेर हुन्छ नाफा कमाउने संकार बसालेका छन् । जसले गर्दा सहकार्य र सहकारीताको मानवीय संस्कारमा काफि बाधा पैदा भएको छ ।

पूँजीवादले सहकारीलाई ठीक दिशामा अगाडि बढ्न दिएको छैन । माक््र्सका अनुसार मजदुर मालिक भएको सहकारीमा मजदुरको शोषण हुनुुहुँदैन । आफ्नो सहकारीमा काम गर्दा मजदुरहरु खुसी होउन र स्वतन्त्रताको अनुभूति गरुन् भन्ने माक््र्सको भनाई हो । लेनिनले सहकारी संस्थाहरुलाई क्रान्तिपूर्व जनसम्बन्धको माध्यमका रुपमा उपयोग गर्ने र क्रान्ति सम्पन्न भएपछि समाजवाद निर्माणको आधार बनाउने कुरामा जोड दिएका छन् । माक््र्स, एंगेल्स पनि सहकारी अभियानका पक्षपाति थिए ।

काल्पनिक समाजवादीहरुदेखि आजसम्मको परिदृश्यले सहकारीलाई वैज्ञानिक समाजवादी व्यवस्थाको भ्रूणका रुपमा स्थापित गराउँदै आएको छ । आधुनिक नवउदारवादी कर्पाेरेट पूँजीवादी आर्थिक नीति, संस्कार, संस्कृति र आचरणका विरुद्ध सहकारी उभ्याएर समाजवादी चिन्तन, संस्कार, व्यवहार र अर्थनीतिको दिशामा अगाडि बढाउन आवश्यक छ । आजको भूमण्डलीकृत पूँजीवादले सहकारी आन्दोलनका हिजोका मानवीय आर्थीक सहकारीका लक्ष्य सपना र उदेश्यलाई भत्काउँदै जाने संस्कार स्थापित गराउँदै गएको छ ।

एउटै समस्या, एउटै दुःख र एउटै आवश्यकता भएका समाजको निमुखा जनताले मिलेर सहकारीलाई भावी समाजवादी व्यवस्थाको आधारका रुपमा विकास गराएर अगाडि बढाउन आवश्यक छ । अन्यथा सहकारी सहयोगी सामाजिक सोँच होइन बोझ हुने खतरा छ । नाफामा मात्र बाँच्ने दलाल तथा नोकरशाही पूँजीवादी संस्कार र संस्कृतिले सहकारीका परोपकारी र सहयोगात्मक मुल्यहरुलाई भत्काउँदै जाने छ । त्यसकारण सहकारीलाई माक््र्सवादी दृष्टिकोणका आधारमा समाजवादी संस्कृतिमा आधारित दिशा दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation