नेपाली कांग्रेसका डा. भट्टराई ले पार्टी परित्याग गरेका छन । प्यूठान नगरपालिकाका नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका डा.ओमहरी भट्टराईले राजिनामा दिएका छन।
भट्टराईले शनिबार बिहान करिब ६:३० मा आफ्नो फेसबुकको वालमा बिज्ञप्ति राख्दै आफू नेपाली कांग्रेसको कुनैपनि पदमा नरहेको जानकारी गराउदै आफुले राजिनामा दिएका छन्।
डा.भट्टराईले बिज्ञप्तिमार्फत पछिल्लो समयमा नेपाली कांग्रेसका गतिविधि चरम गुटबन्दी र भ्रष्टाचारमा लिप्त रहि मानव तस्कर भुटानी शरणार्थी प्रकरणमा पार्टीका जिम्मेवार नेतानै लागि परेको भन्दै यस्तो घिनलाग्दो अवस्थामा रहनु भन्दा क्रियाशिल सदस्य समेत त्यागेको घोषणा गरेका छन् ।