रेशमकाे रिहाई १४ वर्ष अगावै

काठमाडौं । टिकापुर घटनामा दाेसी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरी ६ बर्षपछि जेलमुक्त भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनकाे बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस सदर भएसँगै चाैधरी आजै जेलमुक्त भएका हुन् ।

टिकापुर नरसंहारको दोषी ठहर गरे पछि जेल जीवन बिताइरहेका चौधरी गत जेठ २ गते जन्म कैदकाे सम्बन्धिकाे सर्वोच्च अदालतले उच्च अदालतलको फैसाला अनुसार २०९४ सालसम्म जेल बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने निर्णय लिए पछि उनी १४ बर्ष अगाबै जेलमुक्त भएका हुन् ।

डिल्लीबजार कारागारवाट जेल मुक्त हुदाँ उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल अबिरमाला गरेका छन् । रिहाइको समस्याका सम्मानमा उनकी पत्निसमेत रहकी मन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगिन् । उनी २०७४ फागुनमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation