कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ ।
जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।
गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो ।
घटना के ? कसरी ? भएको हो भन्ने बारेमा बुझ्ने काम भइराखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
गोली लागेको भन्ने खबर आएको र आफूहरू त्यसतर्फ जाँदै गरेको कालीकोट जिल्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिए ।