बसभित्र ७३ वर्षीया वृद्धामाथी सामुहिक बलात्कार

५ साउन दाङ । दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।

डिएसपी मल्लका अनुसार वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । onlinekhabar

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation