जलमग्न प्यूठान, पहिरोले चकचके-भालुवाङ र खलङगाा-जोगिटारी सडक अवरुद्ध

गएरातीको अविरल वर्षातले प्यूठान नगरपालिकाको झिमरुक नदि तटीय क्षेत्रका घर तथा धान खेती डुवानमा परेका छ ।

पानीको भल पसेर विजुवारको सिमसार क्षेत्रमा निर्माण गरिएको गौमुखी गाउँपालिका पूर्व उपाध्क्ष तुलसा सुनार लगायतका घरहरु डुवानमा परेको छ भने बाढीले झिमरुक फाँटको धानखेतीमा नोक्सानी पुगेको छ ।

उता रातभरको अविरल वर्षातका कारण पहिरो झर्दा ऐरावति ६ बिजुलीमा पर्ने खलंगा जोगीटारी सडक खण्डको रेङ्जेङ्खोलामा माथी र तल दुबैतिरबाट पहिरो झर्दा यातायात अबरुद्ध भएको स्थानीय रेशम थापाले बताएका छन् । गनाह चकचके सडक खण्डस्थित खहरे खोला देखि गर्जेनीसम्मको विभिन्न ठाउँमा लेदो बगेको तथा पहिरो झर्दा ठाउँ ठाउँमा बाटो अबरुद्ध भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation