बाढीमा फसेका दुइ जनाको सकुशल उद्दार

९ साउन,बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।

बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले बाढीको जोखिम भएको  ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको नगर  प्रमुख खेलराज पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation